चुनाव नजिकिए संगै नेताहरु गाउघरमा भोट माग्न हिडिरहेका छन्।
यसै क्रममा मत माग्न प्रदेश निर्वाचन क्षेत्र नं १ को सिदिङ्बा गाउँपालिकाको सादेवा पुगेका नेकपा एमालेका योगेश भट्टराईलाई मतदाताले हाम्रो घरमा टिनको छाना किन आएन भनेर प्रश्न गरेका छन् । यस अघिको निर्वाचनमा गरेको बाचा पुरा नभएको भन्दै स्थानीय निरास भएका छन्।
चुनावको बेला भट्टराईले गाउँ जाँदा फुसका छाना हटाएर टिनका छाना उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेकोले टिनका छाना किन नदिएको भन्दै मतदाता निरास भएका हुन्। त्यस्तै पालिका केन्द्रसम्म बाटो पिच गर्ने भएको भएता पनि अहिले सम्म किन नभएको भन्दै मतदाताले अर्को प्रश्न गरेका छन्।
उनले गठबन्धन सरकार आएको कारण आफुले त्यो काम गर्न नसकेको भनि जवाफ दिएका छन्। यसपटक आफुलाई भोट गरे सबैको घरमा तिनको छानो ल्याउने पुन प्रतिवद्धता गरेका छन्। उनले धेरै कामहरु केपी शर्मा ओली नेतृत्वको सरकारले सुरु गरेको तर गठबन्धन सरकार बनेपछि ती सबै योजनाका बजेट कटौती गरिदिएर विकास निर्माण र शिक्षा स्वास्थ्यका कार्यक्रमहरु अलपत्र परेको बताउदै आफुलाई मतदान गर्न अनुरोध गरेका छन्।











