×
Lagani
Lagani Shiksha gif
प्रहरीकै अगाडी हत्या अभियोगका फरार अभियुक्त महतोले दिए एमालेबाट उम्मेदवारी।



हत्या अभियोगमा फरार सूचीमा रहेका लक्ष्मी महतोले महोत्तरी क्षेत्र नम्बर १ मा मनोनयन दर्ता गराएका छन् ।

आइतबार जसपा परित्याग गरी एमाले प्रवेश गरेलगत्तै उनले प्रतिनिधिसभाका लागि मनोनयन दर्ता गराएका हुन् । महतोले आफ्ना प्रतिनिधि तथा कार्यकर्ता मिथिलेश साहमार्फत क्षेत्र न.१ स्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराए।

Lagani Shiksha gif
sharehubapk प्रहरीकै अगाडी हत्या अभियोगका फरार अभियुक्त महतोले दिए एमालेबाट उम्मेदवारी।

मधेस आन्दोलनमा नेपाल प्रहरीका असई थमन विकलाई हत्या गर्ने मुख्य योजनाकारको रूपमा वारेन्ट जारी भएका महतो फरार अभियुक्त हुन् ।

यदि निर्वाचन आयोगले महतोलाई सफाइ दिए उनले माओवादी केन्द्रका उपमाहासचिव गिरिराजमणि पोखरेलसँग प्रतिस्पर्धा गर्नेछन् । यसअघिको निर्वाचनमा पनि महतो संघीय समाजवादी फोरमबाट पोखरेलसँगको प्रतिस्पर्धामा पराजित भएका थिए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस