×
Lagani
Lagani Shiksha gif
भालुको आक्रमणबाट काठमाडौंमा एक घाइते

प्रतीकात्मक तस्बिर



जंगली भालुको आक्रमणबाट काठमाडौंमा एक पुरुष घाइते भएका छन्।

शंखरापुर नगरपालिका वडा नम्बर ८ घुमारिचोकका विमान थिङ भालुले टोकेर घाइते भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीले जानकारी दिए। आज बिहान अन्दाजी ९ बजेतिर जंगलको बाटो हिँड्ने क्रममा उनलाई भालुले आक्रमण गरेको हो।

Lagani Shiksha gif
sharehubapk भालुको आक्रमणबाट काठमाडौंमा एक घाइते

उनको टाउको र बायाँ हातको पाखुरामा चोट लागेको एसपी मैनालीले बताए । भालुले टोकेर घाइते भएका ५२ वर्षीय विमानको नेपाल मेडिकल कलेज, जोरपाटीमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार घाइतेको बोल्न सक्ने अवस्था छैन।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस