×
Lagani
Lagani Shiksha gif
कतिमा होला आज राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सनको पहिलो शेयर कारोबार ?



राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सन लिमिटेडको शेयर मंगलवार नेप्सेमा सूचीकृत भएको छ ।

मंगलवार नेप्सेमा सूचीकृत भएसंगै आजदेखि कारोबारमा आउने भाएको छ। कम्पनीको ६१ लाख २७ हजार ९३८ कित्ता शेयर नेप्सेमा आरएचजीसीएल(RHGCL) स्टक संकेत सहित सूचीकृत भएको हो ।

नेप्सेले कम्पनीको शेयरलाई न्यूनतम १०६ दशमलव ३५ रुपैयाँदेखि ३१९ दशमलव ६ रुपैयाँ ओपनिङ रेञ्ज प्रदान गरेको छ । सोही मूल्यमा कम्पनीको शेयर  स्पेसल प्रि ओपन सेसनमा म्याच भएमा नियमित रुपमा कारोबारमा आउने छ। कम्पनीले असार २९ गतेबाट साउन १ गतेसम्म २३ करोड ६६ लाख २४ हजार रूपैयाँ बराबरको २३ लाख ६६ हजार २४० कित्ता साधारण शेयर निष्कासन (आईपीओ) विक्री खुला गरेको थियाे ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर बी रेटिङ प्रदान गरेको छ । यसले दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

नेप्सेले प्रकासन गरेको सुचना :

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस