श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
कम्पनीले सोमबार सार्बजनिक गरेको वित्तीय विवरण अनुसार गत आवको चौथो त्रैमाससम्ममा कम्पनी रू. २ करोड ३२ लाख नोक्सानीमा रहेको छ भने अघिल्लो आवमा कम्पनी रू. २ करोड ८५ लाख नोक्सानीमा थियो । अघिल्लो आवमाको तुलनामा यो कम नोक्सानी हो।
अघिल्लो आवमा रू. ६३ हजार रहेको कम्पनीको वित्तीय आम्दानी गत आवमा बढेर रू. ८ लाख ४२ हजार पुगेको छ भने कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ९३ दशमलव १० र प्रतिशेयर आम्दानी रू. २ दशमलव ०४ ऋणात्मक रहेको छ ।
कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ३६ करोड रहेको छ भने जगेडा कोष रू. ९ करोड ४५ लाख ऋणात्मक रहेको छ । त्यस्तै कम्पनीले अन्य जगेडामा रू. २ लाख ५८ हजार सञ्चित गरेको छ ।
कम्पनी केहि साता अघि सर्बसाधारणलाई २३ लाख ८९ हजार ५ सय कित्ता शेयर निष्काशन गरेर बाँडफाँट समेत गरिसकेको छ।











