साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार सात सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा चार सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार एक सय रुपैयाँ कायम भएको हो ।
महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय रहेको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । गत शुक्रबार चाँदीको मूल्य एक हजार दुई सय ५० रुपैयाँमा कारोबार भएकोमा आज १० रुपैयाँले बढेर प्रतितोला एक हजार दुई सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted
















