×
Lagani
Lagani Shiksha gif
अब यी जिल्लाबाट पनि अनलाइन मतदाता नामावली भर्न सकिने , यस्तो छ तरिका।



निर्वाचन आयोगले काठमाडौँ उपत्यकाबाट सुरु गरेको अनलाइन मतदाता नामावली फारम भर्ने व्यवस्था थप पाँच जिल्लामा विस्तार गरेको छ ।

आयोगले नमूनाका रूपमा सुरु गरेको सो कार्य आजदेखि काठमाडौँ, ललितपुर र भक्तपुरका अतिरिक्त काभ्रेपलाञ्चोक, चितवन, कास्की, मोरङ र झापा गरी थप पाँच जिल्ला निर्वाचन कार्यालयबाट समेत भर्न सक्ने व्यवस्था गरिएको आयोगका प्रवक्त शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

Lagani Shiksha gif

अनलाइन फारम भर्नाको लागि निर्वाचन आयोगको वेवसाइटमा रहेको प्रि रजिस्ट्रेसन फारममा जानुहोला।  त्यसपछि त्यहाँ दिएको सम्पूर्ण प्रक्रिया पुरा गरि फारम भर्न सक्नु हुनेछ।

अनलाइनबाट फाराम भर्नेको हकमा अनलाइन फाराम छनोट गरेको जिल्ला (काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, चितवन, कास्की, मोरङ र झापा) को जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क समयमा औँठाको छाप र फोटो लिने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
1 Comment
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्
Krishna Karki
Guest
Krishna Karki
July 20, 2022 9:21 am

रुपन्देहीबाट पनि भर्न मिल्ने बनाईयोस्।यहाँ धेरै बसाइ सरेर आएका छन्।



साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस