×
Lagani
Lagani Shiksha gif
स्वरोजगार लघुवित्तले २५ प्रतिशत बोनस सेयर दिने, २७ कात्तिकमा साधारणसभा



स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले २७ कात्तिकमा १३औँ वार्षिक साधारणसभा बोलाएको छ । लघुवित्तले गत आर्थिक वर्षको फाइदाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर वितरण गर्ने मुख्य प्रस्तावसहित साधारणसभा आह्वान गरेको हो ।

सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुनेछ । साधारणसभा तथा लाभांश वितरणका लागि लघुवित्तले १२ देखि २७ कात्तिकसम्म बुक क्लोज गर्ने भएको छ । यसअनुसार ११ कात्तिकसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्रै सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

Lagani Shiksha gif
sharehubapk स्वरोजगार लघुवित्तले २५ प्रतिशत बोनस सेयर दिने, २७ कात्तिकमा साधारणसभा

सभामा बोनस सेयर प्रस्ताव पारित हुनेछ । अन्य लघुवित्तहरुसँग मर्जर तथा एक्विजिसनसम्बन्धी कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने तीनजना सञ्चालकहरूको निर्वाचन गर्नेलगायतका एजेन्डा छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस