×
तपाईँको आय अनुसार एक वर्षमा कति कर तिर्नु पर्छ ? जान्नुहोस



तपाईँले एक वर्षमा के कति कर तिर्नुपर्ला ? हिसाब गर्नुभएको छ ।

यदि छैन भने तपाईँलाई हामीले जानकारी दिने प्रयास गरेका छौँ । सरकारले यही जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक ग¥यो । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दा करका विभिन्न दरको समेत हेरफेर गर्नुभएको थियो । सोही आधारमा आन्तरिक राजस्व विभागले आगामी आवका लागि तिर्नुपर्ने करको दरसमेत सार्वजनिक गरेको छ ।

विभागका अनुसार तपाईँ अविवाहित हो भने रु पाँच लाखसम्मको आम्दानीमा एक प्रतिशत मात्रै कर तिरे हुन्छ । त्यस्तै तपाईँ विवाहित हो भने रु छ लाखसम्म पनि एक प्रतिशतका दरले मात्रै कर तिरे हुन्छ । त्यो भनेको एकलले रु पाँच हजार र दम्पतिले रु छ हजार मात्रै कर तिरे हुन्छ । त्यस्तै, तपाईँको आम्दानी रु पाँच लाखदेखि रु सात लाखसम्मको आय र रु छ लाखभन्दा बढी रु आठ लाखसम्मको आयमा एकल र दम्पति दुवै समूहले १० प्रतिशत अर्थात् रु २० हजार बराबर कर तिर्नुपर्छ ।

रु सात लाखभन्दा बढी रु १० लाखसम्मको करयोग्य आय र रु आठ लाखभन्दा बढी रु ११ लाखसम्मको करयोग्य आयमा पनि समान २० प्रतिशत अर्थात् रु ६० हजार बराबरको कर तिर्नुृपर्छ । यस्तै, रु १० लाखभन्दा बढी रु २० लाखसम्म एकलले २० प्रतिशत अर्थात् रु तीन लाख बराबरको कर तिर्नुपर्छ । त्यस्तै रु ११ लाखदेखि रु २० लाखसम्म कर योग्य आय गर्ने दम्पतिले ३० प्रतिशत अर्थात् रु दुई लाख ७० हजार बराबरको कर तिर्नुपर्छ ।

यसैगरी रु २० लाखभन्दा बढी आम्दानी हुनेले समान रूपमा रु तीन लाख ६० हजार बराबरको कर तिर्नुपर्ने विभागले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ । विभागका अनुसार रु ३० लाखभन्दा बढी आम्दानी हुने एकलले रु सात लाख ४५ हजार र दम्पतिले रु सात लाख १६ हजार बराबरको कर तिर्नुपर्छ । एकलौटी रुपमा फर्म दर्ता भएका करदाताको हकमा, निवृत्तिभरणबापतको आय, निवृत्तिभरण कोष र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गर्ने व्यक्तिको आयमा एक प्रतिशतको कर नलाग्ने विभागले स्पष्ट पारेको छ ।

यस्तै, कुनै आय वर्षमा स्वीकृत अवकाश कोषको हिताधिकारी व्यक्तिले अवकाश कोषमा अवकाश योगदान गर्दा रु तीन लाख वा निजको निर्धारण योग्य आयका एक तिहाई जुन घटी हुन्छ । सो रकमसम्म आफ््नो करयोग्य आयबाट घटाउन सक्नेछन् । सामाजिक सुरक्षा कोषमा योगदान गर्ने कोषको तिहाधिकारी व्यक्तिले सो कोषमा योगदान गर्दा रु पाँच लाख वा निजको निर्धारण योग्य आयको एक तिहाइमा जुन घटी हुन्छ सो रकमसम्म आफ्नो कर योग्य आयबाट घटाउन सक्ने प्रावधान छ ।

यस्तै दुगर्म क्षेत्रमा कार्यरत व्यक्तिले पनि करयोग्य आयबाट घटाउन पाउने रकम पनि निर्धारण गरिएको छ । क वर्गका क्षेत्रमा कार्यरतले रु ५० हजार, ख वर्गका क्षेत्रमा रु ४० हजार, ग वर्गका क्षेत्रमा रु ३० हजार, घ वर्गका क्षेत्रमा रु २० हजार र ङ वर्गका क्षेत्रमा कार्यरतले रु १० हजार बराबरको आयबाट घटाउन सक्नेछन् ।

विदेशस्थित कूटनीतिक नियोगका कार्यरत कर्मचारीलाई प्राप्त हुने वैदेशिक भत्ताको ७५ प्रतिशत रकम करयोग्य आयबाट घटाउन पाउनेछन् । स्वास्थ्य बीमाबापत तिरेको प्रिमियम वा रु २० हजारमा जुन घटी हुन्छ सो रकम करयोग्य आयबाट घटाउन पाउने विभागले जनाएको छ । निजी भवनको बीमा गरेको रहेछ भने पनि त्यस्तो बीमाबापत भुक्तानी गरेको वार्षिक प्रिमियम वा रु पाँच हजारमा जुन घटी हुन्छ, त्यस्तो रकम पनि करयोग्य आयबाट घटाउन सकिन्छ ।

विभागका अनुसार महानगरपालिका वा उपमहानगरपालिकामा व्यवसाय गर्नेले रु सात हजार ५००, नगरपालिका क्षेत्रमा व्यवसाय गर्नेले रु चार हजार र त्यस बाहेकका क्षेत्रमा व्यवसाय गर्नेले रु दुई हजार ५०० बराबरको कर तिर्नुपर्छ । ग्यास, चुरोटलगायत तीन प्रतिशतसम्म कमिशन वा मूल्य थप गरी वस्तुको कारोबार गर्ने व्यक्तिलाई रु ३० लाखभन्दा बढी रु ५० लाखसम्म कारोबार रकमको शून्य दशमलब २५ प्रतिशत, ती व्यवसाय बाहेकको व्यवसाय गर्ने व्यक्तिलाई रु ३० लाखभन्दा बढी रु ५० लाखसम्म कारोबार रकमको एक प्रतिशत बराबर कर तिर्नुपर्छ ।
202206061844 18a8a307 805f 40d3 9b65 c3e84379f49b medium तपाईँको आय अनुसार एक वर्षमा कति कर तिर्नु पर्छ ? जान्नुहोस

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस