×
Lagani
Lagani Shiksha gif
आजदेखी खुल्यो उपकार लघुवित्तको आईपीओ , कति दिने आवेदन ?



उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ निष्कासन भएको छ ।

लघुवित्तले सर्वसाधणहरुलाई २ करोड ६६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ६६ हजार २५० कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले जारीपूँजी रू. ६ करोड ५६ लाख २५ हजार ३६ प्रतिशतले हुन आउने रू. २ करोड ३६ लाख २५ हजार बराबरको शेयर निष्काशन गरेको छ।

Lagani Shiksha gif
sharehubapk आजदेखी खुल्यो उपकार लघुवित्तको आईपीओ , कति दिने आवेदन ?

निष्कासन गरिने कुल शेयर मध्य  शून्य दशमलव ५ प्रतिशत अर्थात् ३ हजार २८१ कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ। त्यसतै बाँकी रहेको २ लाख २१ हजार १५६ कित्ता शेयर सर्वसाधारणको लागि सुरक्षित गरिएको छ ।

आवेदकले न्यूनतम १० कित्ता शेयर खरीदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि छिटोमा चैत २९ गतेसम्म आवेदन दिन सक्ने छन् भने  छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरे ढिलोमा २०७९ वैशाख ९ गतेसम्म आईपीओमा आवेदन दिन सक्ने छन्।

साथै उक्त संस्थाको शेयर निष्कासन तथा बिक्रि प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ लिमिटेड रहेको छ । नेपाल एसबिआई मर्चेण्ट बैङ्किङका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारती र उपकार लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत शारदा कुमारी खत्रीले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक तथा शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओलाई डबल बि माइनस रेटिङ दिएको छ । यसले समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाँउछ । आईपीओ  जारि गर्न कम्पनीले २०७८ भदौ १३ मा सेबोनमा निवेदन पेस गरेको थियो ।

कम्पनीको केन्द्रीय  कार्यालय बाँके जिल्लाको कोहलपुर- ११ मा रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस