कुमारी बैंकले गत आर्थिक वर्ष २०७७/ ७८ को लाभांश प्रस्ताव सार्वजनिक गरेको छ ।
बैंकले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित २.६७ प्रतिशत नगद लाभांश गरी कुल ८.६७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
कम्पनीको असोज ११ गतेको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ६ प्रतिशत बोनस शेयर र करसमेत २ दशमलव ६७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
हाल बैंकको चुक्ता पूँजी १३ अर्ब ८७ करोड ८४ लाख ७४ हजार ८३६ रुपैयाँ छ। ६ प्रतिशतका दरले ८३ करोड २७ लाख ८ हजार ४९० रुपैयाँ बराबरको बोनस शेयर वितरणपश्चात बैंकको चुक्ता पूँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार ३२६ रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted










