रू रू जलविद्युत परियोजना लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्ढाहरूको लागि निष्काशन गरेको आइपियोको बाँडफाँड भएको छ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्ढाहरूको लागि निष्काशन गरिएको साधारण शैयरको बाँडफाँड तथा फिर्ता भुक्तानी गरेको छ। रू रू जलविद्युत परियोजना लिमिटेडको आयोजना प्रभावित क्षेत्र गुल्मी जिल्लाका स्थानीय बासिन्दाहरूलाई रू.१००|- अंकित दरका ४,०७,७०५ कित्ता साधारण शेयरहरू एनएमबि क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा मिति २०७७/११/०७ गतेदेखि मिति २०७७/११/२१ गतेसम्म बिक्री खुल्ला गरिएकोमा सो अवधी भित्र रितपूर्वक आवेदन दिने सम्पूर्ण आवेदकहरूलाई बाँडफाँड सम्बन्धी प्रचलित कानून बमोजिम उक्त कम्पनीको ४,०७,७०५ कित्ता साधारण शेयरहरू मिति २०७७/१२/९ गते सोमबार बाँडफाँड गरेको छ ।
बाँडफाँडमा नपरेको रकम धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ बमोजिम सम्बन्धित आवेदकहरूको बैंक खातामा पठाइने हाइड्रोले जनाएको छ।
आयोजना प्रभावित र गुल्मि जिल्लाका बासिन्दाका लागी शेयर निस्कासन गरिएका नतिजा सम्बन्भमा रु रु जलविद्युत परियोजना लिमिटेड ले मिति २०७७∕११∕०७ देखी २०७७∕११∕∕२१ सम्म आयोजना प्रभावित र गुल्मि जिल्लाका बासिन्दाका लागी शेयर निस्कासन गरिएको शेयरको नतिजा बिओआडि बाट र स्थानीय कलेक्शन सेन्टरबाट आबेदन दिने आवेदकहरुले आफुले निवेदन गरिएको बैकहरुबाट जानकारी पाउन सक्नु हुनेछ ।
यो पनि पढ्नुहोस :
बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्न लागेको सर्वोत्तम सिमेन्टले आइपीओ निष्कासनको काम टुङ्गो लगाउने गरी काम गरिरहेको छ ।सर्वोत्तम सिमेन्टले प्रतिकित्ता अनुमानित मूल्य ७५० रुपैयाँ राखेको छ । बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्न लागेको सर्वोत्तम सिमेन्टले प्रतिकित्ता ७ सय ५० रुपैयाँभन्दा माथिको मूल्यमा आईपीओ बेच्ने प्रक्रिया अघि बढाएको छ ।कम्पनीले सर्वसाधारणलाई सेयर बिक्री गर्दा प्राप्त हुने रकम ऋण तिर्न र व्यवसाय विस्तारमा खर्चने योजना बनाएको छ । आईपीओबाट उठेकाे रकममध्ये ४० प्रतिशत रकम बैंककाे ऋण तिर्न प्रयाेग गर्नेछ ।
सर्वोत्तम सिमेन्ट बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्ने पहिलो कम्पनी हुने भएको छ।कम्पनीले पहिलो चरणमा न्यूनतम ७५० तय गर्ने जानकारी दिएको हो । तर शेयर निस्कासन तथा बिक्रि गर्ने बेला सम्ममा मुल्यमा हेरफेर हुन सक्ने सम्भावना छ।सर्वोत्तम सिमेन्टको प्रति सेयर आम्दानी (EPS) ५२ रुपैयाँ छ ।कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परे पनि गोला प्रथाबाट बाँडफाँट गर्नु पर्ने अवस्था रहे पनि सर्वसाधारणले ५० कित्ताभन्दा कम शेयर पाउने छैनन् ।
पहिलो चरणमा कम्पनीको उक्त शेयरमा संस्थागत लगानीकर्ताले तोकिएको मूल्य भन्दा माथिका मूल्यमा (BID) बोलकबोल गर्ने छन् । उक्त कार्य पछी बोलकबोल गरेको मूल्यमा औसत मूल्य निकाली , औसत मूल्यमा १० प्रतिशत घटाएर सर्वसाधारणमा सेयर बेच्ने कम्पनीले जनाएको छ।कम्पनीले ८ लाख कित्ता प्रभावित स्थानीयलाई , २४ लाख कित्ता संस्थागत लगानीकर्तालाइ , ३ लाख कित्ता कम्पनीका कर्मचारीलाई र २५ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्ने छ ।
२०७६ साउनमा प्राइभेटबाट पब्लिक कम्पनीमा रूपान्तरण भएको सर्वोत्तमले चुक्ता पूँजीको १५ प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको सेयर बिक्रि गर्ने प्रक्रिया सुरु गरेको छ ।कम्पनीले आफ्नो व्यवसायिक उत्पादन शुरु गरेपछि नै नाफा कमाउदै आएको र विगत ३ वर्षको औषत मुनाफा (कर पछिका) वार्षिक १०४ करोड रुपैयाँ भन्दा बढी रहेको छ। कम्पनीसंग ९० वर्ष पुग्ने चुनढुंगा खानी रहेको जनाएको छ।
कम्पनीको खानी पाल्पामा रहेको छ भने नवलपरासीमा उद्योग रहेको छ । यस उद्योगको दैनिक उत्पादन क्षमता ६० हजार बोरा रहेको छ ।सर्वोत्तम सिमेन्टले सर्वोत्तम ग्रिन पि. एस. सि. सिमेन्ट र सर्वोत्तम ग्रिन ओ. पि. सि. सिमेन्ट उत्पादन गरिरहेको छ । युरोपियन भि. आर. एम. मेशिनबाट उत्पादित सर्वोत्तम सिमेन्ट नेपाल कै एकमात्र पहिलो ४५०० ब्लेन सम्मको मसिनोपन भएको सिमेन्ट उत्पादन गर्दै आएको छ ।
आफ्नो सिमेन्ट उत्पादन अझै बृहत् भएपछि सिमेन्ट उपभोक्तामाझ गुणस्तरीय तथा अत्याधुनिक प्रविधिबाट उत्पादित सिमेन्टको पहुँच अझै सरल तथा सुलभ बन्ने कम्पनीको विश्वास छ । सर्वोत्तम सिमेन्ट देशका महत्त्वपूर्ण आधारस्तम्भहरु अनि ठूला परियोजना तथा गौरवशाली आयोजनालगायत पुल, बाँध, हाइड्रोपावर, धावनमार्गदेखि हाउजिङ कम्पनीको समेत पहिलो रोजाइमा पर्दै आएको कम्पनीले जनाएको छ ।














