×
Nepse Bajar Messenger Channel
लगानीको अवसर : मनकामना स्मार्ट लघुवित्तले निस्कासन गर्दै आइपियो , कहिले होला निस्कासन ?



मनकामना स्मार्ट लघुवित्त बित्तिय संस्था लिमिटेडले आइपियो निस्कासन गर्ने अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड ( सेबोन ) मा निवेदन दिएको छ। संस्थाले ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता आइपियो बिक्रि तथा निस्कासन गर्नको लागि निवेदन पेस गरेको हो। संस्थाले आइपियो निस्कासन तथा बिक्रि गर्ने अनुमति माग्दै २०७७/११/१४ गते नेपाल धितोपत्र बोर्ड ( सेबोन )मा निवेदन दिएको हो। उक्त शेयर निस्कासनको निस्कासन तथा बिक्रि प्रबन्धकको काम एन एम बि क्यापिटलले गर्ने भएको छ।

मनकामना स्मार्ट लघुवित्तले

कम्पनीले सर्बसाधारणलाइ प्राथमिक शेयर निस्कासन तथा बिक्रि गर्नको लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड ( सेबोन ) मा निवेदन पेस गरेको छ। नेपाल धितोपत्र बोर्ड ( सेबोन ) ले अनुमति दिए लगतै सर्बसाधरणमा प्राथमिक शेयर निस्कासन तथा बिक्रि गर्ने कम्पनीको तयारि रहेको छ। नेपाल धितोपत्र बोर्ड ( सेबोन )ले पाइपलाइनमा रहेका सबै कम्पनीलाई एक एक गरि सर्बसाधरणमा प्राथमिक शेयर निस्कासन तथा बिक्रि गर्ने अनुमति दिदै आएको छ। मनकामना स्मार्ट लघुवित्त बित्तिय संस्था लिमिटेडको केन्द्रीय कार्यालय सिद्धार्थनगर नगरपालिका वडा नं १ , मैत्रीपाद भैरहवा, रूपन्देही मा रहेको छ।

 

Screenshot 2021 03 09 171207 लगानीको अवसर : मनकामना स्मार्ट लघुवित्तले निस्कासन गर्दै आइपियो , कहिले होला निस्कासन ?

यस संस्याको स्थापनाकालमा अधिकृत तया जारी पूँजी रु ६ करोड ४० लाख र चुक्ता पूँजी रु ४ करोड ५५ लाख रहेकोमा आ.व.२०७६।७७ मा अधिकृत पूजी रु.१० करोड, जारी पूँजी रु ९ करोड ७५ लाखर चुक्ता पूजी रु. ६ करोड ८२ लाख ४० हजार कायम भएको थियो । चुक्ता पुँजी ६.८२५ करोड भएको साविकको मनकामना लघुवित्त बित्तीय संस्था र चुक्ता पुँजी ₹.१.४० करोड भएको साविकको स्मार्ट लघुबित्त वित्तीय संस्था मिति २०७७/०४/११ देखि मर्ज भए पश्चात संस्थाको कुल अधिकृत पुँजी २० करोड, जारी पुँजी १२ करोड ११ लाख ४५० हजार र चुक्ता पुँजी ८५ करोड २२ लाख ४० हजार पुगेको छ।

slider T4AsBJe3WED3IrVEhoav scaled लगानीको अवसर : मनकामना स्मार्ट लघुवित्तले निस्कासन गर्दै आइपियो , कहिले होला निस्कासन ?

आर्थिक वर्ष २०७५ /७६ मा कुल आम्दानी रु.६,७६,७१,७२.६३ मध्ये कुल खर्च रु.४,८७,८०,९६६.०१ पैसा भएकोमा कारोवार पछिको मुनाफा रु.८५,९०,७६२६२ रहेकोमा आ.व. २०७६।७७ मा कुल आम्दानी रु ५,९३,२८,३६१।५२, कुल खर्च रु. ८,१९,७५, ४९९.२३ रहेको छ भने खुद मुनाफा रु ७३,५२,८६२५९ रहेको छ। यस मध्ये कर्मचारी वोनस रु ७,३५,२८६१००, आय कर व्यवस्था ठ.१९,४०,५९७७८ घटाईखुद नाफा ४६७६९७८.८१ रहेको छ । गत वर्षको खुद संचित नाफा ९,७४,१६६१५ रहेको छ भने यस वर्षको खुद नाफा मध्ये साधारण जगेडा कोषमा रु.९,३५,३९६.०० ग्राहक संरक्षण कोषमा रु४६,७७० र संस्थागत सामाजिक उत्तर दायित्व तर्फ रु. ४६,७७० ठुट्टयाउँदा २०७७ असार सम्म खुद संचित नाफा ४६,२२,२००९९ र साधारण जगेडा कोषमा रु. २०,६१,५८७३६ संचित रहेको छ।

आ.व. २०७६ चैत्र देखि विश्वप्यापी कोभिड १९को कारणले कारोवार आशिक रुपमा मात्र संचालनमा आएको, २०७७ वैशाख देखि कर्जाको व्याजमा ३ प्रतिशत विन्दुले श्रणीहरुलाइ छुट दिइएको कारणले संस्थाले अपेक्षित रुपमा व्याज आम्दानी हुन नसकेको कम्पनीले जनाएको छ ।

slider PWKg03lOOPosslIA3UN0 scaled लगानीको अवसर : मनकामना स्मार्ट लघुवित्तले निस्कासन गर्दै आइपियो , कहिले होला निस्कासन ?

Manakamana Smart Laghubitta Bittiya Sanstha Ltd

slider 2eefpI6PvuvvzhBPj6A2 लगानीको अवसर : मनकामना स्मार्ट लघुवित्तले निस्कासन गर्दै आइपियो , कहिले होला निस्कासन ?

Manakamana Smart Laghubitta Bittiya Sanstha Ltd

यो पनि पढ्नुहोस :

ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन २१ गते देखिनिष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आइपिओ) भर्ने अन्तिम दिन भोलि रहेको छ। माग भन्दा बढी आवेदन परेको हुनाले भोलि नै बिक्रि बन्द हुने छ। सीडीएसका अनुसार सोमबार साँझ ५ बजेसम्ममा १३ लाख ७६ हजार ७६१ जनाले २ करोड ९८ लाख ७७ हजार ५४० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणको लागि बिक्री खुला गरिएको भन्दा ५.०२ गुणा बढी आवेदन हो ।

ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। उक्त आइपियोको निस्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गरेको छ।कम्पनीले ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ सर्भासाधरणमा जारी गर्न लागेको हो। कम्पनीले फागुन २३ गते देखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भने पनि सिडिएससी एण्ड क्लियरिङ हाउसले आइतबारदेखि प्राथमिक शेयर निष्काशन गर्दा लोड व्यवस्थापनमा समस्या देखिएकाले दुई दिन अगाडी नै बिक्रि खुला गर्न कम्पनीलाई निर्देशन दिएको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि मंसिर १९ गते, शुक्रबार सेबाेनमा निवेदन पेश गरेकाेमा धितोपत्र बोर्डले फागुन ७ गते, शुक्रबार आइपिओ निष्कासन गर्ने अनुमति प्रदान गरेकाे थियाे।

हाल कम्पनीकाे चुक्ता पूँजी १ अर्ब ५४ करोड रुपैयाँ रहेको छ आइपिओ निष्कासनपश्चात कम्पनीकाे पूँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस