MMF1 7.12 0.02 LBBLD89 1071 -9 SMB 1365 -15 SHLB 1300 -21 HIDCLP 100 0.1 GLH 209 -1.1 MLBBL 1064 -4 TPC 496 -15 SAEF 10.09 0.11 MERO 620 -4 CITY 587 2 SEF 7.87 -0.13 UPPER 166.1 -2.2 LLBS 921.1 -23.9 SANIMA 233.4 -1.6 NMB50 9.5 0 BHPL 497.7 -2.3 HEIP 367.9 6.8 PSF 8.69 0.12 PMHPL 232 -4.9 KRBL 405 -6.2 MPFL 369.8 -0.2 SLCF 7.96 0.16 JFL 429 -10.8 USHEC 369 -4 GBBL 367 3 MKCL 915 -5 UMHL 244.9 -6.1 SDBD87 1000 10 KDL 765.4 -5.6 MLBSL 1749 3 BHL 342.7 -2 JBLB 1309 -13 SAMAJ 1917 27 GFCL 451.7 -11.3 NBLD87 994 13 RBCLPO 10600 -100 CORBL 441 -1 NMB 174 -2 WNLB 1319.9 -50
×
सात महिनामा २५ अर्बको ३६ सय ४३ केजी सुन नेपाल भित्रियो, कुन देशबाट कति आयो ?



चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो सात महिनामा विभिन्न देशबाट नेपालमा २५ अर्ब २१ करोड ६८ लाख ३१ हजार रुपैयाँको सुन भित्रिएको छ ।

सो मूल्यमा ३ हजार ६४३ केजी सुन नेपाल भित्रिएको भन्सार विभागले जनाएको हो ।  भन्सार विभागका अनुसारमा नेपालमा टर्की र युनाइटेड अरब इमिरेट् (युएई) दुई देशबाट मात्र सुन आउने गरेको छ ।

२०७८ साउनदेखि माघ मसान्तसम्म नेपालमा युएईबाट १९ अर्ब ६४ करोड ७७ लाख २१ हजार रुपैयाँको सुन भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ । सो मुल्यमा २ हजार ८३१.५ केजी सुन युएईबाट नेपाल आएको छ ।

चालु आर्थिक वर्षको सुरुवाती सात महिनामा टर्कीबाट नेपालमा ५ अर्ब ५६ करोड ९१ लाख ९ हजार रुपैयाँको सुन भित्रिएको छ । सो मुल्यमा नेपालले ८११.५ केजी सुन खरिद गरेको हो ।

चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म नेपालले विभिन्न देशबाट १२ अर्ब ६९ करोड ४२ लाख ५४ हजार रुपैयाँको चाँदी खरिद गरेको छ । सो मुल्यमा १ लाख ३४ हजार २९५ किलो चाँदी नेपाल भित्रिएको छ ।

नेपालमा चाँदी चीन, हङकङ, भारत, इन्डोनेसिया, सिंगापुर, स्वीट्जरल्याण्ड, टर्की र युएईबाट आउने गरेको छ ।  गत आर्थिक वर्ष २०७७/७८ को पहिलो सात महिनामा नेपालमा १४ अर्ब ९५ करोड २७ लाख २६ हजार रुपैयाँको सुन भित्रिएको थियो । सो मुल्यमा २ हजार १ सय केजी सुन नेपाल भित्रिएको थियो ।

आर्थिक वर्ष २०७७/७८ मा नेपालले २७ अर्ब ३४ करोड ३९ लाख ५२ हजार रुपैयाँमा ३ हजार ९२४.५ केजी सुन विभिन्न देशबाट खरिद गरेको विभागको तथ्याङ्कले देखाउँछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस