×
इतिहासकै महँगो बन्यो पेट्रोलियम पदार्थको मूल्य , निगम भन्छ १५ दिनम अझै २ अर्ब घाटा हुन्छ।



नेपाल आयल निगमले पेट्रोलियम पदार्थको फेरि मूल्यवृद्धि गरेको छ ।

निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ मूल्य बढाएको जनाएको छ । यससँगै अब पेट्रोल प्रतिलिटर १४२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १२५ कायम भएको छ ।  यसअघि २०७० साल फागुन ३० गते भएको समायोजनअनुसर पेट्रोलको मूल्य प्रतिलिटर १४० रुपैयाँसम्म पुगेको थियो ।

आन्तरिक हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरी बिक्री मूल्य  ११६ रुपैयाँ तोकिएको छ ।  अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रतिकिलो लिटर अमेरिकी डलर १०० ले वृद्धि गरी प्रतिकिलोलिटर बिक्री मूल्य अमेरिकी डलर १ हजार ९५ कायम भएको निगमका सहप्रवक्ता पुष्कर कार्कीले जानकारी दिए ।

एलपी ग्याँसको नयाँ खरीद मूल्य प्रति सिलिण्डर ८१. ६२ रुपैयाँले घटेर आए पनि अझै निगमलाई प्रतिसिलिण्डर  ५६०.०९ रुपैयाँ घाटा रहेको हुँदा समेत बिक्री मूल्य नबढाई  यथावत् नै राखिएको निगमले जनाएको छ ।

यति हुँदा समेत प्रति महिना ४.५ अर्ब देखि ५ अर्ब ऋढ लिनु पर्ने बाध्यात्मक अवस्था बनेको र १५ दिनको घाटा ३७ करोडले घटेर करीब  २ अर्ब २३ करोड रुपैयाँ कायम हुने निगमले जनाएको छ ।

indhan इतिहासकै महँगो बन्यो पेट्रोलियम पदार्थको मूल्य , निगम भन्छ १५ दिनम अझै २ अर्ब घाटा हुन्छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस