राजविराज नगरपालिका वडा नं.७ मा संचालित छिन्नमस्ता साबुन उद्योगमा मंगलबार आगलागी हुँदा ५० लाख बराबरको क्षति भएको छ।
सप्तरी बोदेबरसाईन नगरपालिका ३ बस्ने सुनिल कुमार साह र सोही ठाउँ बस्ने प्रमोद कुमार साहले संयुक्त रूपमा संचालन गर्दै आएको साबुन फैक्ट्रीमा विद्युतीय लाइन सर्ट भई आगलागि भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रबक्ता माधव प्रसाद काफ्लेले जानकारी दिएका छन्।
प्रहरी,स्थानिय सर्वसाधारण,तालिम केन्द्र राजविराज सप्तरीको दमकल, राजविराज नगरपालीको दमकलको संयुक्त पहलमा आगोलाई नियन्त्रणमा लिईएको थियो ।
आगलागीबाट उद्याेगमा रहेका १२ सय काटुन तयारी कपडा धुने साबुन र १ हजार बोरा तयारी सर्फ लगायत सामाग्री पूर्ण रूपमा जलेर नष्ट भएपछि ५० लाख बराबरको क्षति भएको हो ।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted
















