×
Lagani
Lagani Shiksha gif
हिमपातका कारण सिमकाेटमा रोकिएका सीता एयरका दुवै जहाजले उडान भरे



हिमपातका कारण हुम्लाकाे सिमकाेट विमानस्थलमा दुईदेखि राेकिएका सीता एयरका दुई वटा विमानले आजदेखि उडान सुरू गरेका छन् ।

सिमकोट विमानस्थलमा आइतबारदेखि रोकिएको विमानले सोमबार दिउँसो १२ बजे नेपालगञ्जका लागि उडान भरेका हुन् ।  हुम्लाको खाद्यन्न ढुवानी गर्दै आएको सीता एयरका दुई जहाज सिमकोट विमानस्थलमै रोकिएका थिए ।

Lagani Shiksha gif
sharehubapk हिमपातका कारण सिमकाेटमा रोकिएका सीता एयरका दुवै जहाजले उडान भरे

आइतबारदेखि जिल्लामा हिमपातसँगै बाक्लाे कुइरो लागेपछि कुनै पनि विमान कम्पनीलेले नियमित उडान गरेका थियनन् ।

सडक सन्जालमा नजोडिएको हुम्लामा नेपालगञ्ज, सुर्खेतबाट उडानमार्फत नै उपभोग्य सामानहरू चामल, नुन ढुवानी हुन्छ । हिमपात सुरू भएपिछ यहाँ यस्ता सामग्री ढुवानी समेत राेकिएकाे थियाे । मंगलबारबाट अन्य विमान कम्पनीले पनि नियमित उडान थालेकाे नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाले जनाएको छ ।

 

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस