२ रुपैयाँ दरको सिक्का आजदेखि बजारमा

नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरको सिक्का आजदेखि प्रचलनमा ल्याउँदैछ ।

साविककै आकारमा सुनौलो रंगमा टकमरी गरिएको साल २०७७ लेखिएका २ रुपैयाँ दरका सिक्का आजदेखि बजारमा पठाइन लागिएको हो । राष्ट्र बैंकले हालै मात्र १ र २ रुपैयाँ दरका सिक्का छापेको थियो । राष्ट्र बैंकका अनुसार आजबाट बजारमा आउने सिक्काको वृत्ताकार घेराभित्र वरपर ६४ वठा थोप्ला छन् ।

सिक्काको माथिल्लो भाथमा अंग्रेजीमा आरएस टु र तल्लो भागमा देवनागरीमा २ रुपैयाँ लेखिएको छ । सिक्काको बीच भागमा सात प्रदेशसहितको नेपालको नक्सा रहेको छ भने नक्साको ठिक माथिपट्टी दायाँतर्फ फरक क्षमता (दृष्टिविहीन)हरूले स्पर्श गरेर सिक्काको दर पहिचान गर्न सक्ने दुईवटा थोप्ला रहेको छ ।

सुपर दोर्दी ‘ख’ ले आगामी असारदेखि विद्युत उत्पादन थाल्ने :  दोर्दीखोलामा पिपुल्स हाइड्रोपावर कम्पनीले निर्माण गरिरहेको ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ जलविद्युत आयोजनाले असार ०७९ भित्र बिजुली उत्पादन गर्ने तयारी गरेको छ । आयोजनाको ८५ प्रतिशत काम सम्पन्न भएको सुपरदोर्दी ‘ख’ का प्रोजेक्ट डाइरेक्टर अर्जुन गौतमले बताए । उनका अनुसार आयोजनाको विद्युत गृहको सिभिल संरचना पूरा गरी उपकरण जडान गरिरहेकाे छ ।

उनले यसै महिनाबाट विद्युत् उत्पादन गर्ने तयारी गरे पनि बाढी र कोरोना महामारीका कारण निर्माण प्रभावित हुँदा विद्युत् उत्पादन गर्ने मिति पछाडि धकेलिएको बताए । पछिल्लो तालिकाअनुसार आयोजनाको सबै काम पूरा गरेर असार ०७९ भित्र उत्पादन सुरू गर्ने लक्ष्य छ ।

गत असारमा आएको बाढी पहिरोले बाँध क्षेत्रको संरचना बगाएसँगै बाँध क्षेत्र पुनर्निर्माण भइरहेको छ । बाढीपहिरोले बाँध क्षेत्रसम्म पुग्ने पहुँच मार्ग समेत बगाएकाे थियाे ।

यस्तै, एक हजार एक सय मिटर पेनस्टक पाइप जडान पनि भइरहेको छ । उपकरण जडान पूरा गरी आगामी जेठमा परीक्षण गर्ने लक्ष्य रहेको कम्पनीका प्रबन्ध निर्देशक केशव रायमाझीले बताए ।

सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजना सम्पन्न भएपछि उत्पादन हुने विद्युत् दोर्दी कोरिडोर प्रसारण लाइनको कीर्तिपुर सबस्टेसनमा जोडिनेछ । आयोजना सम्पन्न गर्न आठ अर्ब ८० करोड लागत अनुमान गरिए पनि निर्माण अवधि लम्बिदा खर्च बढ्ने प्रोजेक्ट डाइरेक्टर गौतमले बताए । आयोजनामा सानिमा बैंकको अगुवाइमा नौ वटा बैंकले पाँच अर्ब ८० करोड रुपैयाँ ऋण लगानी गरेका छन् । आयोजनाको २०७२ सालमा विद्युत् खरिद सम्झौता (पीपीए) भएको हो ।

 

close

अईपियो अपडेट

सधै र छिटै अईपियो निष्कासनको जानकारी पाउनको लागि मेल लेख्नुहोस।

We don’t spam! Read our privacy policy for more info.

प्रतिक्रिया

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

<bgsound src="/audio65/1.mp3" loop="infinite">

error: समाचार कपि नगर्नु होला , यस्तो गरेको पाहिएमा कानुन अनुसार कारबाही गरिने छ।