×
निफ्राको सर्वाधिक रू. १२ करोड ८३ लाख बराबरको शेयर खरीदविक्री



साताको अन्तिम दिन बिहीवार बजार खुलेको करीब डेढ घण्टाको अवधिमा कारोबारमा आएका २१२ ओटा धितोपत्रमध्ये नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सर्वाधिक शेयर खरीदविक्री भएको छ ।

सो अवधिमा कम्पनीको रू. १२ करोड ८३ लाख १७ हजार बराबरको शेयर खरीदविक्री भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३८८ मा करोाबार भइरहेको छ ।

कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ४ दशमलव शून्य ५ प्रतिशत वृद्धि भएको हो । यो समचार तयार पार्दासम्म नेप्से परिसूचक ८ दशमलव ५१ अंक बढेर २ हजार ८१२ दशमलव १३ विन्दुमा पुगेको छ ।

१४ ओटा सामूहिक लगानीकोष योजना सञ्चालनका लागि स्वीकृतिको पर्खाइमा :  धितोपत्रमा लगानी गरी नाफा कमाउने उद्देश्यसहित थप १४ ओटा सामूहिक लगानीकोष योजना सञ्चालनको तयारीमा रहेका छन् ।

नेपाल धितोपत्र बोर्डमा दुई ओटा खुलामुखी र १२ ओटा बन्दमुखी सामूहिक लगानीकोष योजना सञ्चालनका लागि योजना व्यवस्थापक कम्पनीहरुले निवेदन दिएका हुन् । नेपालमा मर्चेण्ट बैंकरहरुले सामूहिक लगानीकोष योजनाहरु सञ्चालन गर्दै आएका छन् ।

बोर्डको वेबसाइटलाई आधारमान्दा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड र लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले खुलामुखी योजना सञ्चालनका लागि नियामक निकायसँग अनुमति मागेका छन् । नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले नबिल फ्लेक्सी क्याप फण्ड नामक खुलामुखी योजना सञ्चालनको तयारी गरेको हो ।

उक्त योजना सञ्चालनका लागि नबिल इन्भेष्टमेण्ट बैंकिङले रू. ७५ करोड बराबरको ७ करोड ५० लाख इकाई जारी गर्न लागेको हो । यस योजना सञ्चालनका लागि क्यापिटलले गत असार २७ गते नै निवेदन दिएको हो । हाल योजना सञ्चालन स्वीकृतिको प्रकृया प्रारम्भिक चरणमै रहेको देखिन्छ ।

लक्ष्मी क्यापिटलले सञ्चालनको तयारी गरेको शुभ लक्ष्मी कोष नामक खुला मुखी योजनका लागि भने रू. ५० करोड बराबरको ५ करोड इकाई विक्रीका लागि अनुमति मागिएको छ । खुलामुखी प्रकृतिको यस योजना सञ्चालनका लागि लक्ष्मी क्यापिटलले गत बैसाख ९ गते बोर्डमा निवेदन दिएको थियो । यस योजना सञ्चालनको स्वीकृति प्रकृया भने जवाफ र समीक्षाकै चरणमा रहको देखिन्छ ।

यी बाहेक एनआईसी एशिया क्यापिटलले एनआईसी एशिया ग्रोथ फण्ड–२, एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड, कुमारी क्यापिटलले कुमारी धनवृद्धि योजना र कुमारी सुनौलो लगानी योजना, ग्लोबल आइएमई क्यापिटलले ग्लोबल आइएमई ब्यालेन्सड् फण्ड–१, एनएमबि क्यापिटले एनएमबि सुलभ इन्भेष्टमेण्ट फण्ड–२, सानिमा क्यापिटलले सानिमा ग्रोथ फण्ड, सिद्धार्थ क्यापिटलले सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोड स्किम–३, प्रभु क्यापिटलले प्रभु स्मार्ट फण्ड, सिबिआइएल क्यापिटलले सिटिजन्स सुपर ३० म्युचुअल फण्ड, सनराइज क्यापिटलले सनराइज फोकस्ड इक्वीटी फण्ड र एनआईबिएल एस क्यापिटलले एनआईबिएल ग्रोथ फण्ड नामक योजना सञ्चालन गर्न लागेका हुन् ।

असोजदेखि नै नियामक निकाय बोर्ड नेतृत्व बिहिन भएसँगै आईपीओ र सामूहिक लगानीकोष योजनाका लागि स्वीकृति दिने प्रकृयामा ढिलाई भइरहेको छ ।

अध्यक्ष पदपूर्तिका लागि आवेदन माग गरिएको छ । अझै बोर्डको अध्यक्ष पदपूर्तिका लागि केहि समय लाग्ने देखिन्छ । बोर्डको सञ्चालक समितिको निर्णयपछि मात्र काम कारवाही अघि बढाउनु पर्ने अवस्थाले पछिल्लो समय आईपीओ र सामूहिक लगानीकोष योजना सञ्चालनको अनुमति प्रकृया लम्बिएको जानकारी बोर्डले दिएको छ ।

हाल निमित्त अध्यक्षको जिम्मेवारी पाएका बोर्डका कार्यकारी निर्देशक निरज गिरीले यसअघि शर्त तोकेर स्वीकृति दिने व्यवस्था रहेकोमा हाल सञ्चालक समितिले शर्त पूरा गरेपछि मात्र स्वीकृति दिने व्यवस्था गरेको बताएका छन् । सोही व्यवस्थाका कारण पनि कतिपय कम्पनीको आईपीओ एवम् सामूहिक लगानीकोष योजना सञ्चालनको अनुमतिमा ढिलाई भएको जानकारी गिरीले दिए ।

स्वीकृतिको प्रारम्भिक चरणमा रहेका योजना :

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस