स्याङ्जामा १६ महिने बालकको चक्कु हानी हत्या

स्याङ्जामा १६ महिने बालकको चक्कु प्रहार गरी हत्या भएको छ ।

वालिङ नगरपालिका–१२, सिर्सीबोट घर भई भकुण्डेमा डेरा गरी बस्ने रनमाया गुरुङको छोरा १६ महिनाको साइमन गुरुङको हत्या भएको जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका डीएसपी राजेन्द्रप्रसाद अधिकारीले अनलाइनखबरलाई बताए ।

हत्यामा संलग्न भएको अभियोगमा एउटै घरमा डेरा गरी बस्ने ३३ वर्षीय जितेन्द्र गुरुङ पक्राउ परेको उनले बताए । ‘दिउँसो १ बजे चक्कु प्रहार भएको हो, तत्काल उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ पठाइएकामा डाक्टरले मृत घोषित गरेका थिए’ अधिकारीले भने, ‘घटनामा गुरुङकी दिदी ५ वर्षीया साइना पनि घाइते छिन्, उनको अवस्था मध्यम छ ।’

प्रहरीका अनुसार साइमनको घाँटीमा चक्कु प्रहार भएको थियो । गुरुङले किन नाबालकलाई चक्कु प्रहार गरे भन्ने खुलिसकेको छैन । अधिकारी भन्छन्, ‘यो विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ, स्पष्ट हुन केही समय लाग्छ ।’

महोत्तरीमा हरेक दुई दिनमा एक महिलाले गर्छिन् आत्महत्या :  मंसिरको पहिलो साता महोत्तरीको एकडारा गाउँपालिका–६ की चन्चलाकुमारी यादव सलले पासो लगाइरहेको अवस्थामा मृत अवस्थामा भेटिइन् । २३ वर्षीया चन्चलाको मृत्युमा आत्महत्या हो  कि आत्महत्या दुरुत्साहन भन्ने बिषयमा कुनै पहिचान हुन सकेन । प्रहरीले पोष्टमार्टमपछि आत्महत्या नै भएको ठहर गर्दै मृतक चन्चलाको नामलाई आत्महत्या गर्नेको सूचीमा समावेश गर्‍यो ।

त्यसको दुई दिन नबित्दै अर्थात ९ मंसिरमा मनरासिस्वा नगरपालिका–२ कि लक्ष्मीकुमारी चौरासिया पनि घरभित्रै मृत अवस्थामा भेटिइन् । १७ वर्षीया लक्ष्मीकुमारी  घरको धुरी बलोमा सलले पासो लगाएको अवस्थामा मृत भेटिएकी थिइन् । चौरासियाको मृत्युलाई पनि आत्महत्याकै सूचीमा नाम सूचिकृत गरियो ।

तुरुन्तै दुई दिनपछि जलेश्वर खैरागाउँकी १७ वर्षीया अमृताकुमारी साह पनि मृत अवस्थामा भेटिइन् । पंखामा सलले पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएकी अमृताको  पोष्टमार्टमपछि आत्महत्या नै भएको ठहर गरियो ।

उनीहरूको जस्तै आत्महत्याको सूचीमा राखिएका एक महिनाको अवधिमा १८ जना पुगेका छन्, जसमध्ये सात जना पुरुष र ११ जना महिला छन् । धेरैजसो अधबैंसे महिला छन् । महोत्तरीमा विगतका तथ्यांकलाई समेत केलाउँदा महिलाहरू नै किन आत्महत्या रोजिरहेका छन् भन्ने चिन्ताको विषय बनेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीको अनुसार हरेक दुई दिनमा एक महिलाले आत्महत्या गरिरहेको छन् । धेरैजसो गरिबीको कारणले मृत्युवरण गरिरहेको प्रहरी अधिकारीहरू बताउँछन् ।

तर, आत्महत्यापछि घटनाको गहिराइसम्म पुग्न प्रहरीले अनुसन्धान गरिरहेको बताए पनि अहिलेसम्म आत्महत्यामा दुरुत्साहनको आरोपमा कोही पक्राउ परेका छैनन् ।
यसले झन् महिला हिंसाका घटनाहरूमा वृद्धि भइरहेको मानवअधिकार समबन्धी मुद्दामा खबवदारी गर्ने संस्था इन्सेकको ठहर छ ।

इन्सेक नेपालका प्रदेश प्रतिनिधि अजय साह गरिबी र जिवीकोपार्जनका लागी समस्या बन्दा कतिपयले आत्महत्याको बाटो रोजेतापनी धेरैलाइ आत्महत्या गर्न बाध्य पारिने गरेको बताउछन ।

विवाहित महिलाहरूको हकमा भने काहीँ न काहीँ आत्महत्या दुरुत्साहन नै जोडिएको जानकारहरू बताउँछन । दाइजो र छोरी जन्मेकै आधारमा कतिपय महिलाको मृत्युको कारण बनेको छ ।

तर, आत्महत्या गरिएका हरेकलाई प्रहरीले थप अनुसन्धान गर्ने बताए पनि अहिलेसम्म कुनै घटनाको सत्यतथ्य बाहिर आउन सकेका छैनन् । समाजसास्त्रीहरूको अनुसार  आत्महत्या बहिष्करणको नै परिणाम हो ।

दाइजो, सामाजिक कुरीति तथा अन्धविश्वास, बेरोजगार, गरिबीको कारणले पनि आत्महत्या गर्नेको संख्या बढेको हो । मृत्युुबरण गरिरहेका हुन्छन । समाजसास्त्रीय दृष्टिकोणमा पुरुषभन्दा महिला बढी भावुक र संवेदनशील स्वभावका कारण आत्महत्याको छिटो निर्णय लिन पुग्छन् ।

मंसिरदेखि पुससम्मको तथ्यांक हेर्ने हो भने १८ वटा आत्महत्याका घटनामा  सात जना पुरुषले समेत आत्महत्या गरेका छन । तर, महिलाको तुलनामा यो संख्या न्यून हो ।

गत शनिवार एकैरात  तीन जनाले आत्महत्या गरे । जसमध्ये दुई जना पुरुष छन् । पिपरा गाउँपालिकाका रामसुन्दर यादव र गौशाला नगरपालिकाका विजय यादवले गाम्छाको पासो लगाई घरभित्रै आत्महत्या गरेको प्रहरीको रिपोर्ट छ । सोही राति बर्दिबास नगरपालिका–६ कि २६ वर्षीया सरस्वती शर्माले पनि विष सेवन गरी आत्महत्या गरिन् । मृत्युको घरायसी कारण भएको निष्कर्ष निकाल्दै प्रहरी थप अनुसन्धानमा जुटेको छ ।

एक महिनाको अवधिमा सवैभन्दा बढी बर्दिबास नगरपालिकामा आत्महत्या भएका छन् । बर्दिबास नगरपालिकाका विभिन्न ठाउँमा गरि ६ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

close

अईपियो अपडेट

सधै र छिटै अईपियो निष्कासनको जानकारी पाउनको लागि मेल लेख्नुहोस।

We don’t spam! Read our privacy policy for more info.

प्रतिक्रिया

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

<bgsound src="/audio65/1.mp3" loop="infinite">

error: समाचार कपि नगर्नु होला , यस्तो गरेको पाहिएमा कानुन अनुसार कारबाही गरिने छ।