×
पछिल्लो २४ घण्टामा तीन हजार ७५ जनामा कोरोना पुष्टि



पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार ७५ जना कोरोना संक्रमित थपिएको छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ३६ जनामा गरिएको पीसीआर र एन्टिजेन परीक्षणमा १३ हजार ७५ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो ।

यस्तै, गरी २४ घण्टामा दुई सय ७८ जना संक्रमण मुक्त भएका छन् भने काठमाडौं जिल्लामा मात्रै एक हजार एक सय २८ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा कोभिड संक्रमणकै कारण दुई जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले जानकारी दिएकी छिन् ।

काेराेना बढेपछि पुम्दीकोटमा लगाउने भनिएको महायज्ञ स्थगित :  पछिल्लो समय धार्मिक पर्यटनको गन्तव्यका रूपमा विकसित हुँदै गरेको पोखराको पुम्दीकोटमा विशाल शिवमूर्ति निर्माणको चरण चलिरहेको छ ।

४० करोड लागत स्टिमेट गरेर काम थालिएको यहाँ पैसा अभाव भएपछि ८ माघदेखि महायज्ञ लगाउने तयारी थियो । १८ माघसम्म हुने भनिएको महायज्ञ तत्कालका लागि स्थगित गरिएको छ ।

कोरोना भाइरस संक्रमण बढ्दै गएपछि प्रशासनको आग्रहमा महायज्ञ रोकिएको पुम्दीकोट कोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले जानकारी दिए । ‘मूर्तिभन्दा ठूलो कुरा मानवको स्वास्थ्य हो । भेला हुने कार्यक्रम नगर्न सरकारले भनेको छ,’ उनले भने, ‘अहिलेलाई महायज्ञ नहुने भयो । अर्को कार्यक्रम सहज भएपछि घोषणा गर्छौं ।’

अर्काे सूचना जारी नहुन्जेनसम्मको लागि उक्त महायज्ञ स्थगित भएको उनले बताए । कोरोना संक्रमण दर घटेर केही सहज हुन साथ उक्त महायज्ञ हुने समितिले जनाएको छ ।

मूर्ति र अन्य पूर्वाधार बनाउन हालसम्म २० करोडभन्दा बढी खर्च भइसकेको छ । पौने चार करोड हाराहारीमा ऋण रहेको निर्माण समितिले जनाएको छ । समितिले सहकारीबाट एक करोड रुपैयाँ ऋण निकालेको छ भने अरु रकम स्थानीयसँग सापट मागेर चलाएको बताएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस