PSF 9.51 -0.09 PPCL 262 -5.2 HBL 260 -13 NTC 980.1 -2.4 SPDL 310 5 KPCL 493 -0.8 GLBSL 1600.4 -29.6 BHL 440 -13 VLBS 902.5 -7.5 PBD84 1065 1.7 SPL 813 -12.1 RSDC 735 0 SHL 512 -4.5 KBLD89 1156 1 SCBD 1111 6 RMF2 9.21 -0.13 RIDI 235 0 JBBL 351 -3.1 SHPC 525 -3.9 SBID83 1098 8.7 RADHI 397.9 7.9 NICGF 10.56 -0.28 LVF2 9 0 KDL 1059 16 SBL 345 -8.1 MKHC 339 -1 SBLD89 1200 16.1 CLI 634 -4.9 NBF3 9.04 0.17 SFCL 704.1 63.6 MLBS 1532.3 -86.7 NIBLGF 9.1 0.38 SINDU 667 -6 GBIME 256.1 -4.4 SRLI 443.1 -4.9 MEL 292 2 PBD88 1102.1 2.1 CHCL 568.9 -8.1 HRL 861 -4 AHL 651 2
×
माछा प्रकरण : सिडिओले स्वीकारे गल्ती, भयो यस्तो सहमति



माछाको मूल्यको विषयमा चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) अस्मान तामाङले गल्ती स्वीकारेका छन् ।

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल, माछा व्यवसायी र सिडिओ तामाङबीच बिहीबार भएको वार्तामा सिडिओले गल्ती स्वीकार गरि आत्मालोचना गरेका हुन् ।

गलत बुझाइका कारण गल्ती हुन पुगेको भन्दै सिडिओले आत्मालोचना गरेका चितवन फिस हाउसका सञ्चालक लुलाराज तामाङले बताए । माछा किन्दा श्रीमती ठगिएको भन्दै सिडिओ अस्मान तामाङले १८ पुसको साँझ चितवन फिस हाउसका सञ्चालक लुलाराजमाथि दुर्व्यवहार गरि माछा राखेको फ्रिजमा सिल गरेका थिए ।

‘दुवै पक्षको वीन–वीन जस्तो भयो । अन्जानमा कमजोरी भएको भनि स्वीकार गर्नुभयो । सबैको अगाडि आत्मालोचना गर्नुभयो’, उनले भने । समन्वय र सहकार्यको लागि व्यवसायी र सिडिओ बीच छ बुँदे सहमति पनि भएको छ ।

नेपाल मत्स्य व्यवसायी संघ चितवनका अध्यक्ष खगेन्द्र सुवेदीको दिव्यनगरस्थित माछा फार्ममा १८ पुसमा सिडिओकी श्रीमती सरकारी गाडी लिएर माछा किन्न गएकी थिइन् । पोखरीबाट निकालेको माछा सकिएपछि व्यवसायी लुलाराजे सिडिओ पत्नीलाई प्रति केजी ३०० रुपैयाँका दरले माछा बिक्री गरे ।

केहि दिनअघि आफैंले प्रतिकेजी २४० रुपैयाँमा माछा किनेको र लुलाराजले आफ्नी श्रीमतीलाई ठगेको भन्दै सिडिओले व्यवसायीमाथि दुर्व्यवहार गरेका थिए ।

sahamati 1.jpg माछा प्रकरण : सिडिओले स्वीकारे गल्ती, भयो यस्तो सहमति

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस