×
अपि पावर कम्पनीसहित ५ ओटा धितोपत्रमा उच्च खरीद माग



साताको अन्तिम कारोबार दिन बिहीवार बजार खुलेको साढे २ घण्टाको अवधिमा अपि पावर कम्पनीसहित पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ ।

कारोबारमा आएका २३३ ओटा धितोपत्रमध्ये पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ । मध्य भोटेकोशी जलविद्युत् कम्पनी, एनआईसी एशिया ग्रोथ फण्ड,सिद्धार्थ इक्वटी फण्ड,अपि पावर कम्पनी र एनआइबिएल समृद्धि फण्ड – १ को धितोपत्रमा उच्च खरीद माग रहेको हो ।

ती पाँच  ओटा धितोपत्रमध्ये सबैभन्दा बढी मध्य भोटेकोशी जलविद्युत् कम्पनीको ५ लाख १४ हजार ७०४ कित्ता शेयर खरीद माग रहेको छ ।

त्यसैगरी एनआईसी ग्रोथ फण्डको ४ लाख ४२ हजार ५२५ इकाई,सिद्धार्थ इक्विटी फण्डको३ लाख २ हजार इकाई,अपि पावर कम्पनीको २ लाख ९२ हजार ९०४ कित्ता र एनआइबिएल समृद्धि फण्ड १ को २ लाख ८७ हजार ८२ इकाई खरीद माग रहेको छ ।

यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक १५ दशमलव ९६ अंक बढेर २ हजार ६६५ दशमलव १४ विन्दुमा रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस