भगवती हाइड्रोपावरले आईपीओ निष्कासन गर्दै

भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने प्रक्रिया शुरु गरेको छ । कम्पनीले कुल १४ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गर्र्न तयारीमा रहेको हो । जसमध्ये ५ लाख ७२ हजार ६४ हजार कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाको लागि निष्काशन गर्नेछ भने बाँकी रहेको ८ लाख ५८ हजार ९८ कित्ता आइपीओ सर्वसाधारणको लागि निष्काशन गर्नेछ ।

साधारण शेयरको सार्वजनिक निष्कासन तथा बिक्री प्रबन्धकमा कम्पनीले सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले आवश्यक प्रक्रिया पुरा गरेर नियामक निकाय विद्युत नियमन आयोगबाट आइपीओ निष्कासनको स्वीकृती पाएपछि र नेपाल धितोपत्रबोर्डमा निवेदन दिएर स्वीकृती पाएपछि मात्र आइपीओ निष्कासन गर्नेछ ।

कम्पनीले आइपीओ निष्काशन गर्नका लागि बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरेसँगै प्रक्रिया शुर भएको हो ।  सम्झौतामा कम्पनीका कार्यकारी अध्यक्ष हरिप्रसाद पाण्डे र सिद्धार्थ क्यापिटलका चन्दन कार्कीले हस्ताक्षर गरे ।

close

अईपियो अपडेट

सधै र छिटै अईपियो निष्कासनको जानकारी पाउनको लागि मेल लेख्नुहोस।

We don’t spam! Read our privacy policy for more info.

प्रतिक्रिया

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित खवर

साताको चर्चित

ताजा समाचार

लोकप्रिय

<bgsound src="/audio65/1.mp3" loop="infinite">

error: समाचार कपि नगर्नु होला , यस्तो गरेको पाहिएमा कानुन अनुसार कारबाही गरिने छ।