NICGF 10.56 -0.28 SPIL 853 -18 ULHC 390 -7.9 KKHC 260 -2 UNL 48870 -930 SMH 1064.8 5.9 UNLB 2527 -3.9 SHLB 1886.9 1.9 SMPDA 910 -1 JSLBB 1513.9 38.9 KSBBLD87 1093.4 18.4 KDL 1059 16 NWCL 975 -13.9 MHCL 410 -7 PSF 9.51 -0.09 SARBTM 765 -5 UPCL 262.2 -2.7 SBLD84 1040 19.3 GCIL 498 -5.8 LBLD86 1081 -0.2 GMFBS 1512.1 -16.9 SPL 813 -12.1 SBD87 1048 11.9 ILBS 980 -21.5 NLIC 814 -13.4 NADEP 1030 -55 CGH 909 -5 BHDC 583 5.4 NICGF2 8.78 -0.02 SHINE 473 -1.8 BEDC 470 0 HATHY 1322 13 ADBL 367 -11.1 NIFRA 280 -5 SNLI 585.1 -0.9 TRH 1118 -5 NICBF 9.3 -0.08 NIMB 241.9 -9.1 NIL 912 8 USLB 1467 -2.9
×
आजबाट यस्ता व्यक्तिलाई कोभिड-१९ विरुद्धको बुस्टर डोज दिदै सरकार



सरकारले लक्षित समूहलाई आजबाट कोभिड-१९ विरुद्धको अतिरिक्त खोप दिँदैछ ।
कोभिड-१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका तर सरकारकाे मापदण्ड अनुसार लक्षित समूहमा परेकालाई खाेपकाे थप एउटा मात्र दिइन लागिएकाे हाे । उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरिरहेका बिरामी र भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० वर्ष तथा सोभन्दा माथिका ज्येष्ठ नागरिकलाई खोपको अतिरिक्त मात्रा दिन लागिएकाे स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।
सरकारले क-कसलाई दिने छ बुस्टर डोज ? 

सरकारले कोभिड १९ विरुद्धको अतिरिक्त खोप दिने निर्णय गरेको छ । कोभिड १९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका व्यक्तिहरूलाई सरकारले बुस्टर डोजका रुपमा अतिरिक्त खोप लगाउने निर्णय गरेको हो ।

कमजोर रोग प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरूलाई त्यस्तो खोप दिइने सरकारले जनाएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मंगलबारदेखि नै अतिरिक्त खोप दिइने जानकारी दिएका छन् ।

केही समयअघि राष्ट्रिय खोप सल्लाहकार समितिले निश्चित समूहलाई खोपको अतिरिक्त डोज दिन सिफारिस गरेको आधारमा सरकारले यो निर्णय गरेको उनले बताएका छन् ।

मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, सक्रिय क्यान्सर पीडित, अंग प्रत्यारोपण गरेका बिरामी, एचआइभी भएका बिरामीले अतिरिक्त डोज पाउने छन् ।

उपचारको क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधिहरू सेवन गरिरहेका बिरामी, भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० वर्ष र सोभन्दा माथि उमेरका व्यक्तिलाई पनि सरकारले अतिरिक्त खोप लगाउने निर्णय गरेको छ ।

लक्षित व्यक्तिहरूले खोप कार्डसहित नजिकैको स्वास्थय संस्थामा गई थप मात्रा खोप लगाउन सक्ने छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस