×
Lagani
Lagani Shiksha gif
मन्त्री झाँक्रीको ‘पिर्के सलामी’ : सामाजिक सञ्जालमा भाइरल , किन भयो आलोचना ?



नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव तथा सहरी विकासमन्त्री रामकुमार झाँक्रीले ‘पिर्के सलामी’ लिएको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि यसको व्यापक आलोचना भएको छ ।

मन्त्री झाँक्रीले गृहजिल्ला गुल्मीको मदाने गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय पुर्कोट दहमा ‘पिर्के सलामी’ लिएकी थिइन् ।जुन उनकै गाउँमा पर्ने र मन्त्री झाँक्रीकै पहलमा उक्त प्रहरी कार्यालय स्थापना गरिएको हो ।

Lagani Shiksha gif
sharehubapk मन्त्री झाँक्रीको ‘पिर्के सलामी’ : सामाजिक सञ्जालमा भाइरल , किन भयो आलोचना ?

तर उक्त तस्वीर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनको चर्को आलोचना हुनपुग्यो । सामाजिक सञ्जाल प्रयोगकर्ता राजकुमार राईले झाँक्रीले लिएको सलामीको तस्वीर राख्दै ‘गफ गर्न धेरै सजिलो हजुर’ भनेर व्यङ्ग्य गरेका छन् ।

त्यसैगरी सामाजिक सञ्जाल प्रयोगकर्ता सुजन खनालले ‘पिर्के सलामीको विरोध गर्दागर्दै गुल्मीको पुर्कोट दहमा रहेको एक प्रहरी कार्यालय पुगेर पिर्के सलामी खान पुग्नुभएछ झाँक्री जी !’ भनेर व्यङ्ग्य गरेका छन् । त्यसैगरी ओम कौडिल्यले ‘हाम्री दिदीले पनि पिर्के सलामी खान थाल्नुभएछ लु बधाई’ भनेका छन् ।

देवकोटा आधारभूत विद्यालयमा दिवा खाजाको रकम हिनामिना :  संखुवासभाको पाँचखपन नगरपालिका-३ माक्सुवास्थित देवकोटा आधारभूत विद्यालयमा विद्यार्थीको दिवा खाजाको रकममा अनियमितता देखिएको छ ।

कक्षा ५ सम्मका ९५ जना विद्यार्थीलाई खुवाउँदै आएको दिवा खाजा कार्यक्रमबापतको रकममा अनियमितता देखिएको हो । विद्यालयमा गत वर्ष १६ मंसिर ०७७ देखि दिवा खाजा कार्यक्रम सुरु भएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर वैद्यका अनुसार दिवा खाजाको कार्यक्रमको रकम विद्यालयका प्रधानाध्यापक दलमर्दन तिवारीले रकममा अनियमितता गरेको बताए । उनले नगरपालिकाबाट भुक्तानी लिएर  खाजाको रकम कट्टी गरेर आफैले राखेको अध्यक्ष वैद्यले बताए ।

स्थानीय मिलनकुमारी आले मगरले सो विद्यालयका विद्यार्थीलाई दिवा खाजा खुवाउँदै आएका थिए । उनले उक्त विद्यालयका विद्यार्थीलाई १७ वैशाख ०७८ सम्म दिवा खाजा खुवाए । सोबापत उनले पहिलो पटक ४० हजार नाै सय ५७ रुपैयाँ र अर्कोपटक ८२ हजार एक सय पाँच रुपैयाँ गरी जम्मा एक लाख २३ हजार ६२ रुपैंया तत्कालीन प्रधानाध्यापक दलमर्दन तिवारीमार्फत भुक्तानी लिएका थिए । तर तिवारीले दिवा खाजा कार्यक्रमअन्तर्गत पाँचखपन नगरपालिकाबाट एकमुष्ट एक लाख ४० हजार ६ सय ७० रुपैयाँ भुक्तानी लिएको देखिनएकाे छ ।

तिवारीले मिलनकुमारी मगरलाई भुक्तानी दिँदा पहिलोपटकको भुक्तानीमा करबापत भन्दै चार सय १३ र दोस्रोपटक एक हजार दुई सय ५० रुपैयाँ असुल गरेकाे स्थानीय मिलनकुमारी मगरले बताइन् । दिवा खाजा कार्यक्रमको पहिलो त्रैमासिक रकम भुक्तानीमा १.५ प्रतिशतले कर कट्टी गरिएको तर पछि कोष तथा लेखा नियन्त्रक खाँदबारीमा बुझ्दा कर कट्टी गर्न नमिल्ने बुझिएपछि पछिल्लो भुक्तानीमा कर कट्टी नगरिएको पाँचखपन नगर शिक्षा प्रमुख इन्द्र कार्कीले बताए । प्रतिशतका दरले कर कट्टी गरी भुक्तानी दिइएकाे छ ।

तिवारीले मासिक रूपमा विद्यार्थीहरूको विवरणअनुसार मिलनकुमारी मगरलाई भरपाई गराएका छन् । भरपाईअनुसार उनले नगरपालिकाबाट लिएको भुक्तानी रकममा हिसाब चुस्तदुरुस्त देखिन्छन् । तर उनले लिएको भुक्तानी रकम र मिलनकुमारी मगरलाई दिएको भुक्तानीमा १७ हजार ६ सय आठ रुपैयाँ हिनामिना भएको देखिन्छ । याे विषयमा तत्कालीन प्रअ तिवारीसँग कुरा गर्दा उनले आफूले हिनामिना नगरेकाे दाबी गरे ।

तिवारी प्रधानाध्यापक रहँदा भएका अनियमितताका विषयमा विद्यालय व्यवस्थापन समिति सदस्यहरूले चर्को विरोध गरिरहेका छन् । गत १० कात्तिकमा पुनर्गठित समितिले हिसाब चुस्त राख्नका लागि सम्पूर्ण कागजात खोज्ने क्रममा यस्तो भेटिएको अध्यक्ष वैद्यले बताए । तिवारी काजमा पाँचखपनकै खप्टुवा माध्यमिक विद्यालय गइसकेका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस