निर्मला पन्त हत्याका संदीग्ध पक्राऊ

कञ्चनपुरमा ३ वर्षअघि निर्मला पन्त हत्याका एक संदीग्ध पक्राउ परेका छन् ।

प्रहरीले ती व्यक्तिलाई भारतबाट पक्राउ गरिएको बुझिएको छ । पक्राउ पछि १५ दिनअघि नै नेपाल ल्याइएका भारतीय नागरिक निकाल अलीबारे वृस्तृत अनुसन्धान भइरहेको बुझिएको छ । हत्यामा उनको संलग्नता लगभग निश्चित भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

डिएनए परीक्षण भइरहेको र मिलेमा उनलाई सार्वजनिक गर्ने बताइएको छ । निकाल अली निर्मला पन्त हत्या भएको ठाउँ नजिकै तरकारी खेतीमा लागेको बताइएको छ । हत्यामा उनी संलग्न भए नभएको निक्र्यौल गर्न प्रहरीले तथ्यहरु खोजेको र डिएन रिपोर्टमा भर परेको बुझिएको छ ।

१० साउन २०७५ मा कञ्चनपुरको भिमदत्त नगरपालिकी १३ वर्षीया निर्मला पन्तको हत्या भएको थियो । उनी साथीको घरमा पुगेर फर्कदै गर्दा बलात्कारपछि हत्या भएको थियो ।

 

close

अईपियो अपडेट

सधै र छिटै अईपियो निष्कासनको जानकारी पाउनको लागि मेल लेख्नुहोस।

We don’t spam! Read our privacy policy for more info.

प्रतिक्रिया

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

<bgsound src="/audio65/1.mp3" loop="infinite">

error: समाचार कपि नगर्नु होला , यस्तो गरेको पाहिएमा कानुन अनुसार कारबाही गरिने छ।