MLBL 398 -6.9 RFPL 532 11.1 MMKJL 543.6 9.6 MFIL 768 48 RURU 740 -9.8 SARBTM 765 -5 OHL 925 -9 CORBL 958.8 -10.2 SHPC 525 -3.9 TSHL 909 -11 ULBSL 3199 37 GVL 538.5 -22 BBC 4255 50 LICN 1995.9 -27.1 VLBS 902.5 -7.5 BFC 625 9.1 UPCL 262.2 -2.7 SMFBS 1505.2 6.2 HDHPC 208.8 -4.1 GBIME 256.1 -4.4 MHNL 265.5 -0.5 PBD85 1079.9 19.9 MBLD2085 1085 6.5 PRVU 248 -10 SJLIC 477 -7.5 GLH 244 -2 ICFC 823.9 74.9 BOKD86 1040 18 AKJCL 209 -3 CGH 909 -5 MBL 255 -4 MEN 631.1 -3.9 NMFBS 1435 1 PPL 461 -2.5 SNLI 585.1 -0.9 SBCF 9 -0.2 SWMF 812 -13 C30MF 9.74 0 CZBIL 242 -10 CITY 805 -17
×
विश्वको जनसंख्या ७ अर्ब ८० करोड पुग्यो, यी हुन पाँच ठूला जनसंख्या भएका देश



विश्वको जनसंख्या ७ करोड ४० लाख बढेको छ ।

अमेरिकी तथ्यांक व्यूरोका अनुसार यो सँगै विश्वको जनसंख्या ७ अर्ब ८० करोड पुगेको छ । चीन अहिले पनि विश्वमै सबैभन्दा धेरै जनसंख्या भएको देश हो । चीनको जनसंख्या १ अर्ब ४० करोड पुगेको छ ।

जनसंख्याको दृष्टिले भारतले चीनलाई पछ्याइरहेको छ । भारतको जनसंख्या १ अर्ब ३८ करोड पुगेको छ । आगामी तीन वर्षभित्र भारतले चीनलाई उछिन्ने अनुमान गरिएको छ ।

तीन वर्षपछि भारतले चीनलाई उछिन्ने

व्यूरोका अनुसार जनसंख्याको दृष्टिले अमेरिका विश्वकै तेस्रो ठूलो देश बनेको छ । अमेरिकाको जनसंख्या ३३ करोड २० लाख पुगेको छ । जनसंख्याका हिसाबले अमेरिकापछि इन्डोनेसिया र पाकिस्तान क्रमशः चौंथो र पाँचौं ठूलो देश बनेका छन् । इन्डोनेसियाको जनसंख्या २७ करोड ५० लाख छ भने पाकिस्तानको २३ करोड ८० लाख नाघेको छ ।

सन् २०२१ मा विश्वको जनसंख्या शून्य दशमलव ९ प्रतिशतले वृद्धि भएको छ  । समग्रमा विश्वको जनसंख्या बढे पनि बृद्धि दर भने सन् १९६० को मध्यदेखि निरन्तर घटिरहेको छ । सन् २१०० भन्दाअगाडि यो दर फेरि बढ्ने विज्ञहरुले अनुमान गरेका छन् ।

राष्ट्रसंघले पनि विश्वको जनसंख्या सन् २१०० सम्म निरन्तर बढ्ने र तर, यस्तो वृद्धि केही क्षेत्रमा मात्र केन्द्रित हुने जनाएको छ ।

व्यूरोका अनुसार आगामी केही दशकमा केवल आठ देशहरुमा मात्र जनसंख्या बढ्नेछ । ती देशहरुमा कंगो, इजिप्ट, इथोपिया, भारत, इन्डोनेसिया, नाइजेरिया, पाकिस्तान, तान्जेनिया र अमेरिका रहेका छन् ।

यो शताब्दीको अन्त्यमा ५५ देशको जनसंख्या एक प्रतिशतभन्दा बढीले घट्नेछ । राष्ट्रसंघले पनि बुल्गेरिया, लात्भिया, लिथुनिया र युक्रेनको जनसंख्या २० प्रतिशतले घट्ने जनाएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस