


पाल्पामा भएको मलामी सवार बसमा दुर्घटनामा आठ जनाको मृत्यु भएको छ ।
बुटवलदेखि रिडी हिँडेको मलामी सवार बस पाल्पाको रिब्दीकोट गाउँपालिकास्थित लघुवामा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी छ । आइतबार बिहान साढे १० बजे ३५ जना मलामी सवार लु १ ख ७२७९ नम्बरको बस दुर्घटना भएको हो ।
मलामी सवार बस दुर्घटना : बुटवलदेखि रिडी हिँडेको बस पाल्पाको रिब्दीकोट गाउँपालिकास्थित लघुवामा दुर्घटना भएको छ । शव बोकेर रिडीतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा सात जनाभन्दा बढीको मृत्यु भएको स्थानीयले बताए पनि पुष्टि हुन बाँकी छ ।
आइतबार बिहान साढे १० बजेको समयमा लु १ ख ७२७९ नम्बरको बस दुर्घटना भएको हो । बसमा करिव ३५ जना मलामी सवार रहेको बताइएको छ । बसमा सवार ६ जना गम्भीर घाइते रहेको हुँदा उपचारका लागि जिल्ला सदरमुकाम पठाइएको र बाँकीको अवस्था सामान्य रहेको छ । अहिले प्रहरी र स्थानीयसहितको टोलीले उद्दार कार्य गर्दै आएको छ ।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted