


अहिलेसम्म ओमिक्रोनको विषयमा गरिएका विभिन्न अनुसन्धानहरु बाहिरिएका छन् ।
पछिल्लो समय फेरि वैज्ञानिकहरुले यसको लक्षणलाई लिएर गरेको अर्को अनुसन्धान बाहिरिएको छ । लण्डनको किंग्स कलेज र स्वास्थ्य विज्ञान कम्पनी (ZOE) का विशेषज्ञका अनुसार यदि बिरामीको छालामा असामान्य प्रकृतिको र्यासेज आउने र चिलाउने समस्या आयो भने यो ओमिक्रोन हुनसक्छ । यसका लागि छालामा आउने परिवर्तनलाई ध्यान दिनुपर्छ ।
सेतो र्यासेज
अनुसन्धानका अनुसार छालामा अचानक आउने र्यासेजले निकै धेरै चिलाउने समस्या आउँछ । यो केही समयमा नै आफै हराएर जान्छ । यो शरीरको कुनै पनि भागमा आउन सक्छ । यो सामान्यतयाः एलर्जी भएको समयमा हुने गर्छ तर, यो ओमिक्रोनको लक्षण पनि हुन सक्छ ।
घमौरा र ठेउला जस्ता लक्षण
यो धेरैजसो कुहिँना, घुँडा, हात र गोडामा देखिन्छ । सानो तर रातो रङको स–साना दाना जस्ता चिलाउने बिबिरा आउँछन् । यसले एक हप्तासम्म दुख दिन्छ ।
चिल्ब्लेन
चिसो मौसममा अत्यधिक चिसोले हातगोडा सुन्निने र रातो रगत जमेजस्तो हुने समस्या हुने गर्छ । तर अनुसन्धानले यो ओमिक्रोन हुँदा हुने लक्षण पनि भएको बताएको छ । यसमा चिलाउने र सुन्निने पनि गर्छ । केहीमा यो लक्षण संक्रमण सुरु भएपछि देखिन्छ ।
अर्पनाको विद्यालयबाट घर फर्कदै गर्दा कोखा हान्न थाल्यो । आत्तिएका अभिभावकले स्थानीय स्वास्थ चौकीमा कार्यरत स्वाथ्यकर्मीको सल्लाहअनुसार खाँदबारी अस्पताल लिएर आए । परीक्षणका क्रममा उनमा सिवियर निमोनियाको लक्षण देखियो । बाल रोग विशेषज्ञ राईका अनुसार उनलाई १८ दिनसम्म भेन्टिलेटरमा राखेर उपचार गरी ३० दिनको अस्पताल बसाई पछि शनिजार घर फर्काइएको हो ।
कार्तिक तेस्रो साता चिचिला गाउँपालिकाकी सरस्वती राईलाई खेल्दाखैल्दै श्वास फेर्न गाह्रो हुन थाल्यो । अभिभावकले उनलाई पनि खाँदबारी हस्पिटल ल्याएका थिए । जिल्ला अस्पतालको आकस्मिक कक्षमा भर्ना भएकी अर्पनालाई चेकजाँच गर्दा सिवियर निमोनिया भएको बाल विशेषज्ञ राईले बताए । त्यसपछि राईले उनलाई तत्काल भर्ना गरेर सघन उपचार कक्षमा राखि उपचार गर्न थाले ।
यस्ता छन् सिवियर निमोनियाका लक्षण
विशेषज्ञ राईका अनुसार सिवियर निमोनिया भएपछि बच्चाहरूलाई श्वासप्रश्वासमा समस्या हुन्छ । यस्तै, कोखा हान्ने गर्यो भने पनि सिवियर निमोनिया भएको हुन सक्छ । बच्चाहरू सुस्त हुन, अक्सिजनको कमी हुने हुँदा बच्चाको शरीर निलो देखिन थाल्छ । सिवियर निमोनिया लागेको थाहा हुनासाथ बच्चालाई अस्पताल लगेर विशेषज्ञलाई देखाउनु पर्ने राईको भनाइ छ ।
अस्पताल ढिला आएमा सिवियर निमोनियाको कारण हातखुट्टामा कम्पन आउने, मुटुको गति कम हुने, पिसाब कम आउने र अन्त्यमा विरामीको मृत्यु समेत हुन सक्ने विशेषज्ञ राईले बताए ।
सरस्वती र अर्पनाका अभिभावकले उनीहरूलाई खाँदबारी अस्पतालमा उपचार हुँदैन कि भन्ने चिन्ता थियो । तर, खाँदबारी अस्पतालले पछिल्लो समय सुरू गरेको सघन उपचार कक्ष र विशेषकक्ष सेवाले यही उपचार सम्भव तुल्यायो ।
उनीहरूको अस्पतालले निःशुल्क उपचार समेत गरिदिएको छ । खाँदबारी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्यका अनुसार सामाजिक इकाई सेवाबाट आर्थिक अवस्था कमजोर भएकाहरूको लागि सहयोग गर्ने भएको हुनाले उनीहरूलाई अस्पतालले छुट दिएको बताए ।