HBLD83 1056.3 0.3 NLICL 606 -4 ILBS 980 -21.5 SHPC 525 -3.9 NBLD85 1025 0 SBCF 9 -0.2 MFIL 768 48 SMB 1809 4 LSL 253.5 -5.5 SSHL 215 0.8 SBD87 1048 11.9 MHCL 410 -7 AKPL 248.5 -2.5 SEF 9.51 -0.24 SINDU 667 -6 SNLI 585.1 -0.9 SKBBL 934 -3 BHL 440 -13 LBBLD89 1208.5 23.5 NWCL 975 -13.9 IHL 499 -1 MSHL 938 3 SAMAJ 3321.1 1.1 NUBL 730 2.8 SNMAPO 190 0 SIKLES 707 -3 SMPDA 910 -1 PRIN 968 4 ANLB 4453.1 47 NLG 1317 2 HIDCLP 183 -2 NLIC 814 -13.4 NTC 980.1 -2.4 CFCL 647 27.1 ULBSL 3199 37 ALBSL 1040 -4 FOWAD 1479 0 ICFC 823.9 74.9 H8020 10.2 -0.05 NIMBPO 176.9 -1.1
×
यति महँगो स्कुलमा पढ्छन प्रचण्डका नाति , मासिक शुल्क सुन्दा नै सातो जान्छ।



मासिक ५० हजार शुल्क लाग्ने ललितपुरको युलेन्स स्कुलमा नाति पढाइरहेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै अगाडि कार्यकर्ताले नेताका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनुपर्ने प्रस्ताव गरेका छन् ।

नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा बुधबार कम्तीमा केन्द्रीय सदस्यहरूका लागि यो नियम लागू हुनुपर्ने माग गरे । पार्टीलाई गाउँ फर्काउने र जनमुखी बनाउने, सशस्त्र द्वन्द्वबाट आएको विरासत कायम राख्ने र अरू सबै राजनीतिक दलभन्दा भिन्न बन्ने उद्घोष गरेका अध्यक्ष प्रचण्डलाई कार्यकर्ताको यो माग ‘भालुको कन्पट’ भएको छ । युलेन्स स्कुलमा स्व. प्रकाश दाहाल र पूर्वमन्त्री विना मगरका ६ वर्षे छोरा कक्षा २ मा पढ्छन् ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैचारिक तथा राजनीतिक र नेता देव गुरुङले विधान मस्यौदामाथिको समूहगत छलफलपछि निष्कर्ष प्रस्तुत गर्ने क्रममा पार्टी केन्द्रीय सदस्यले आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनुपर्ने प्रस्ताव गरिएको हो ।

समूह १० गण्डकीले आफ्नो निष्कर्ष प्रस्तुत गर्ने क्रममा केन्द्रीय सदस्यले आफ्ना छोराछोरी अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने प्रस्ताव गरिएको हो । संघीय संरचनाअनुसार वैज्ञानिक शिक्षा नीति लागू गर्ने उल्लेख गर्नुपर्ने भन्दै सो समूहले उक्त प्रस्ताव गरेको जनाइएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।

माओवादी महाधिवेशन : बिहीबार कसले के भने ?

नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत भएका प्रतिवेदनमाथि भएको समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने कार्य चलिरहेको छ ।

गत आइतबारबाट सुरु भएको महाधिवेशनको बन्दसत्रमा सोमबार अध्यक्ष प्रचण्डले वैचारिक तथा राजनीतिक र नेता देव गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका थिए । सो प्रतिवेदनमाथि मंगलबार २५ समूहमा छलफल भएको छ भने बुधबारबाट समूहगत छलफलको निष्कर्ष प्रस्तुत भइरहेको छ ।बुधबार ११ वटा समूहले निष्कर्ष सुनाइसकेका छन् भने बाँकी १४ वटाले बिहीबार प्रस्तुत गर्ने कार्य चलिरहेको छ ।

जगत सिम्खडा, नेता उपत्यका विशेष प्रदेश समूह

प्रतिवेदनको शीर्षक समयाअनुकुल भएन कि ! परिवर्तन गरेर ‘समाजवादी क्रान्तिको नेपाली बाटो’ राख्न उपयुक्त हुन्छ भन्ने लाग्छ । हाम्रो छलफलमा प्रचण्ड पथलाई ब्यूँत्याउनु पर्ने सुझाव आएको छ ।

गोपाल शर्मा, नेता समूह १३

हालै सम्पन्न जबस संगठनहरूमा नेतृत्व र पदाधिकारीविहीन बनाएर राजनीतिमा राम्रो सन्देश गएको छैन । महाधिवेशनमा पनि यो स्थिति पैदा हुनुहुँदैन । माथिल्लो तहका कमजोरीले तल्लो तहमा देखिएको उत्साहलाई समेत कमजोर बनाइएको छ । महाधिवेशनबाटै पदाधिकारी चयन गरिनुपर्छ । पार्टी अध्यक्ष प्रचण्ड तत्काल पदाधिकारी चयन नगरी केन्द्रीय कमिटी घोषणा गर्ने मनस्थितिमा रहेको भन्ने बाहिर आइरहेको छ । यसलाई पनि ख्याल गरिनुपर्छ । साथसाथै कार्यसम्पादनअनुसार नेताहरूको जिम्मेवारी निर्धारण हुनपर्ने निष्कर्ष हाम्रो समूहको छ ।

प्रचण्डपथमा के गल्ती थियो र छोडियो ? छोड्नु गल्ती थियो भन्ने हो भने संश्लेषण गरेर किन अगाडि नबढाउने ? अब जे आएको छ, यसलाई प्रचण्ड विचारधाराको रुपमा अघि बढाइनुपर्ने उपयुक्त देख्छु । प्रचण्डपथलाई ब्यूँत्याइए पश्चगमन हुन्छ भनेर राजनीतिक प्रतिवेदनमा प्रस्तुत गरिनु आफैंमा विरोधाभासपूर्ण धारणा हो । यसमा संशोधन आवश्यक छ ।

श्रीकृष्ण अधिकारी, नेता सम्पर्क समन्वय विशेष प्रदेश कमिटी

अहिले परिस्थिति बदलिएको छ । अहिले प्रचण्डको दस्तावेज आएको छ। यो अग्रगामी मात्रै छैन अबको कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्नेगरी आएको छ । अब यसलाई प्रचण्ड विचारधारा भनेर जाउँ । प्रचण्ड विचारधाराको नेतृत्वमा बृहत कम्युनिस्ट एकताको आह्वान गरौँ । यसले मात्र माओवादीलाई पुनर्जीवन दिन्छ ।

अध्यक्षको राजनीतिक प्रतिवेदनले यथास्थितिको निरन्तरतामा क्रमभङ्ग गरेको छ । प्रतिवेदनले बुर्जुवा व्यवस्थाविरुद्ध प्रहार गरेको छ । अन्तर्राष्ट्रिय कम्युनिस्ट मञ्च निर्माणमा पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेछ । यो हाम्रो निष्कर्ष हो । र प्रतिवेदनमा त्रिदेशीय रणनीतिक साझेदारीबारे विश्लेषण आवश्यक छ ।

असमान सन्धि पुनरावलोकन गर्ने तथा कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको नक्सा प्रकाशनको स्वामित्व पार्टीले लिनुपर्ने छ । अन्य राजनीतिक दलहरूलाई हेर्ने दृष्टिकोण पनि प्रस्ट पार्न आवश्यक छ ।

साथसाथै प्रचण्डको दस्तावेजमा भारतीय विस्तारवाद, हिन्दु अतिवादले नेपालमा पारेको असर उल्लेख गर्न आवश्यक छ यो हाम्रो जोडदार माग हो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस