MAKAR 500 6 NBF2 9.15 -0.05 BARUN 379 -6.1 NICLBSL 705.5 -7.5 UHEWA 476 -11 NLICL 606 -4 SMFBS 1505.2 6.2 EBL 605 5 SBCF 9 -0.2 SANIMA 326 -10.2 SSHL 215 0.8 GBILD86/87 1030 4 CGH 909 -5 SARBTM 765 -5 HEI 648 -10 SBLD89 1200 16.1 NICA 452 -13 NIBSF2 8.9 0.08 BPCL 449 -7 GLH 244 -2 KBSH 2386 -9 MLBS 1532.3 -86.7 DOLTI 538 10 ULHC 390 -7.9 SDBD87 1035 4 CMF1 10.5 -0.2 KDL 1059 16 GBLBS 738 -10 SNLI 585.1 -0.9 NICSF 9.5 0.25 BHPL 655.1 -12.7 MDB 630 -3.8 NICGF 10.56 -0.28 SMJC 574 -6 MNBBL 395.8 -0.8 MATRI 1405 -8 ACLBSL 1035 0 MMF1 8.98 0.1 MND84/85 1030 2 UPPER 214.2 -1.8
×
धितोपत्र बोर्ड अध्यक्ष छनाेटमा लफडा : अध्यक्षमा फेरि दरखास्त माग, यसअघि आवेदन दिएकाले फेरि आवेदन दिनुपर्ने



सरकारलाई नेपाल धितोपत्र बोर्ड अध्यक्ष छनोट गर्न हम्मेहम्मे परेको छ ।

बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानालाई निलम्बन गरेर दुई महिना अघि नै नयाँ नियुक्तिको प्रक्रिया अगाडि बढे पनि फेरि शून्यमा पुगेको छ । अर्थात् ११ कात्तिकको विज्ञापन अनुसार अध्यक्षका लागि १२ जनाले उम्मेदवारी दिए पनि छनोट तथा सिफारिस समितिले नियुक्तिका लागि तीन जनाको नाम छनोट गरेर सरकारलाई सिफारिस गर्न नसकेपछि फेरि नयाँ विज्ञापन खोलिएको छ ।

छनोट समितिले बिहीबार सार्वजनिक सूचना जारी गरेर २९ पुसभित्र आवेदन दिन आह्वान गरेको छ । साथै यसअघि आवेदन दिएकाहरूलाई पनि फेरि आवेदन दिन वा आवेदन फिर्ता लिन चाहेमा म्यादभित्र फिर्ता लिन भनिएको छ ।

यसअघि बोर्डकै कार्यकारी निर्देशक निरज गिरी र उपकार्यकारी निर्देशक नबराज अधिकारी, बोर्डकै पूर्वकर्मचारी जीवन अमगाई, बीमा समितिका निवर्तमान अध्यक्ष चिरञ्जीवी चापागाईं, नेपाल स्टक एक्सचेञ्जका पूर्वप्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, कर्मचारी सञ्चय कोषका पूर्वप्रमुख कृष्ण आचार्य, नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक तथा पुँजीबजार विज्ञ गोपाल भट्ट, वित्तीय विज्ञ रमेश हमाल, सहरी विकास कोषका उपनिर्देशक अनिल पौडेल, अम्बिका शर्मा, केशव श्रेष्ठ र हेमन्त बस्यालले आवेदन दिएका थिए ।

धितोपत्र बोर्डको अध्यक्ष छनोटको लागि छनोट समितिले ३ जनाको नाम सिफारिस गर्नेपर्ने  थियो । अर्थमन्त्रीले मन्त्रिपरिषदमा प्रस्ताव लगेर तीनमध्ये एक जनालाई नियुक्ति दिने व्यवस्था छ ।

तर, अर्थमन्त्री जनार्दन शर्मा र प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणाबीच सहमति जुट्न नसक्दा छनोट अगाडि बढ्न सकेको थिएन । अर्थमन्त्री शर्माले चापागाईँलाई अगाडि सार्दा आरजुले हमाललाई अगाडि बढाउनुपर्ने जोड दिएकी थिइन् ।

विवादकै बीच फेरि नयाँ आवेदन खुलेपछि धितोपत्र क्षेत्रमा तरंग पैदा भएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस