KRBL 613 0 DLBS 1374 30 PPCL 262 -5.2 SIGS3 9.45 0.09 VLBS 902.5 -7.5 SHLB 1886.9 1.9 RMF2 9.21 -0.13 JSLBB 1513.9 38.9 CYCL 1540 -7 NICL 990.2 -4.8 HEI 648 -10 NRN 905 -8 LLBS 1050 5 BEDC 470 0 GVL 538.5 -22 RURU 740 -9.8 SWBBL 1065 2.1 MANDU 885 -14 CMF1 10.5 -0.2 SBL 345 -8.1 BHDC 583 5.4 MCHL 488.3 -3.7 LSL 253.5 -5.5 TSHL 909 -11 KSY 9.22 -0.19 PRIN 968 4 KPCL 493 -0.8 ENL 1102 -18 BNHC 466.9 0.7 GHL 218.5 -1.1 OHL 925 -9 GBBLPO 205 0 EDBL 645 -1.9 HURJA 220 -4.6 KSBBLD87 1093.4 18.4 SHPC 525 -3.9 NFS 1350 -43 MHL 725 3.5 NIBLGF 9.1 0.38 MHNL 265.5 -0.5
×
१३ हजार ९३ जनाको लागि ७७ जिल्लामा सरकारी जागिर खुल्यो , यसरि दिनुहोस आवेदन।



शिक्षक सेवा आयोगले प्राथमिक तहमा १३ हजार ९३ शिक्षकका लागि दरखास्त आह्वान गरेको छ ।

आयोगले सातवटै प्रदेशमा खुला, समावेशी सिट छुट्याएर प्रावि तृतीय तहका लागि बुधबार विज्ञापन आह्वान गरेको हो । सबैभन्दा बढी काेटा खुलामा ७ हजार २०३ रहेकाे छ ।

याेग्यता पुगेका नेपाली नागरिकले १३ माघसम्म नियमित र २० गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सक्ने आयोगले जनाएको छ । दरखास्त अनलाइनमार्फत् बुझाउन सकिने छ । आयाेगले निमावि र मावि तहमा शिक्षकका लागि यसअघि नै विज्ञापन आह्वान गरिसकेकाे छ ।यसअघि आयोगले मावि र निमावि तहमा पनि विज्ञापन खुलाइसकेको छ ।

उम्मेदवारमा हुनुपर्ने आवश्यक न्यूनतम योग्यता :-
क) नेपाली नागरिक।
ख) शिक्षक सेवा आयोग नियमावली, २०५७ (संशोधन सहित) को नियम १० बमोजिम अयोग्य नभएको |
ग) मान्यता प्राप्त शिक्षण संस्थाबाट माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) वा सो सरहको परीक्षा उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा १० महिने तालिम पूरा गरेको।
घ) प्राथमिक तहको स्थायी अध्यापन अनुमतिपत्र प्राप्त गरेको।
ङ) माथिल्लो तहको स्थायी अध्यापन अनुमतिपत्र प्राप्त गरेको व्यक्तिहरू समेत यस विज्ञापनमा उल्लिखित शिक्षक पदको लागि उम्मेदवार हुन सक्नेछन्‌। तर त्यस्ता व्यक्तिहरुले समेत शिक्षा सम्बन्धी कम्तीमा १० महिने तालिम पूरा गरेको हुनुपर्नेछ।

आवेदन दिनको लागि https://online.tsc.gov.np/  यो साइट प्रयोग गर्नुहोला।

१४. विज्ञापन सम्बन्धी थप जानकारी:-

(क) यस बिज्ञापनको प्रतिस्पर्धा र छनोट जिल्लास्तरमा हुनेछ ।
(ख) कुनै पनि उम्मेदवारले एक जिल्लामा मात्र दरखास्त फाराम पेश गर्न सक्नेछ । सोही कारणले दरखास्त अस्वीकृत भएमा उम्मेदवार स्वयम्‌ जिम्मेवार र जवाफदेही हुनेछन्‌ ।
(ग) एउटै परीक्षा मार्फत खुला र समावेशी समूहहरूको उम्मेदवार छनोट गरिनेछ ।

(घ) आदिवासी/जनजाति, तराई-मधेशमा बसोबास गर्ने मधेशी, आदिवासी/जनजाति, दलित, पिछडावर्ग वा अल्पसंख्यक मुसलमान समुदाय वा दलित समूहबाट उम्मेदवार हुने व्यक्तिले कुने एक समूहको उम्मेदवारको रुपमा मात्र प्रतिस्पर्धा गर्न सक्नेछ। तर महिलाको हकमा यो व्यवस्था लागू हुने छैन ।
(ङ) विज्ञापन प्रकाशन भएको मितिले २१ दिनभित्र पद थपघट गर्न सम्बन्धित निकायबाट माग भई आएमा थपघट हुन सक्नेछ ।
(च) दोब्बर दस्तुरको समयावधिलाई उमेर, शैक्षिक योग्यता र तालिम प्रयोजनका लागि गणना गरिने छैन ।

(छ) आयोगद्वारा तोकिएको म्यादभित्र पेश नभएको वा न्यूनतम योग्यता नपुगको वा तोकिएको अन्य विवरण नखुलेको वा तोकिएको दस्तुर नबुझाएको लगायत रित नपुगेको वा कुनै शर्त राखिएको दरखास्त स्वीकृत गरिने छैन ।
(ज) कुने उम्मेदवारले झुट्टा विवरण (कागजात) पेश गरेको जानकारी हुन आएमा त्यस्तो उम्मेदवारको दरखास्त जुनसुके बखत रद्द गरी प्रचलित कानूनबमोजिम कारवाही गरिनेछ ।

(झ) अपाङ्गता भएको कारण आफैले लेख नसक्ने (दृष्टिविहीन ‘ग’ वर्गको न्युन दृष्टि र दुबै हात नचल्ने (अपाङ्गता) उम्मेदवारले सहयोगी लेखक माग गरेमा सम्बन्धित तहका लागि तोकिएको न्युनतम योग्यताभन्दा कम्तीमा एक तहमुनिको योग्यता भएको व्यक्तिलाई सहयोगी लेखकको रूपमा परीक्षामा बस्न उम्मेदवारको स्थायी बसोबास भएको जिल्ला वा परीक्षा केन्द्र रहेको जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइले अनुमति दिन सक्नेछ। यस्तो सहयोगी लेखकले तोकिएको तह एक वर्ष अगाडि मात्र उत्तीर्ण गरेको हुनुपर्नेछ ।

(ज) विदेशी शिक्षण संस्थाको शैक्षिक योग्यताको हकमा समकक्षता निर्धारण गराएको हुनुपर्नेछ ।
(ट) लिखित परीक्षा (सामान्य) मा उत्तीर्ण हुने उम्मेदवार मात्र विषयगत परीक्षामा सहभागी हुन पाउनेछन्‌ ।

समावेशी तर्फका उम्मेदवारहरुले पेश गर्नुपर्ने थप कागजातहरु :-

(क) आदिवासी/जनजातिको सम्बन्धमा नेपाल आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ मा सूचीकृत भएको जातिको हकमा सोही सूचीको आधारमा र सो ऐनमा सूचीकृत भएको जातिभित्र एकभन्दा बढी थरहरु भएमा सम्बन्धित स्थानीय तहको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट त्यसरी सूचीकृत भएको जातिभित्रको थर हो भनी प्रमाणित भएको कागजात ।

(ख) विज्ञापित मधेशी समूहको हकमा तराई-मधेशमा बसोबास गर्ने मधेशी, आदिवासी/जनजाति, दलित, पिछडावर्ग वा अल्पसङ्ख्यक मुसलमान समुदायका सम्बन्धमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेबमोजिमको संस्थाबाट तराई मधेशमा बसोबास गर्ने मधेशी, आदिवासी/जनजाति, दलित, पिछडावर्ग वा अल्पसङ्ख्यक मुसलमान समुदाय हो भनी प्रमाणित गरेको कागजात र त्यसरी नतोकिएको भएमा सम्बन्धित स्थानीय तहको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट तराई मधेशमा बसोबास गर्ने मधेशी, आदिवासी/जनजाति, दलित, पिछडावर्ग वा अल्पसङ्ख्यक मुसलमान समुदाय हो भनी प्रमाणित गरेको कागजात ।

(ग) दलितका सम्बन्धमा राष्ट्रिय दलित आयोगबाट सूचीकृत भएको जातिको हकमा सोही सूचीको आधारमा र सो आयोगबाट सूचीकृत भएको जातिभित्र एकभन्दा बढी थर भएमा सम्बन्धित स्थानीय तहको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट त्यसरी सूचीकृत भएको जातिभित्रको थर हो भनी प्रमाणित भएको कागजात ।

(घ) अपाङ्गताको हकमा सरोकारवाला निकाय (समाज कल्याण परिषद्‌, महिला विकास कार्यालय र सम्बन्धित स्थानीय तह) बाट अपाङ्गता प्रमाणित गरेको परिचयपत्र ।

(ङ) पिछडिएको क्षेत्रको सम्बन्धमा अछाम, कालिकोट, जाजरकोट, जुम्ला, डोल्पा, बझाङ, बाजुरा, मुगु र हुम्ला जिल्लामा स्थायी बसोबास उल्लेख गरी सम्बन्धित जिल्लाबाट प्राप्त गरेको नागरिकताको प्रमाणपत्र तथा सम्बन्धित स्थानीय तहबाट दरखास्त दिंदाको बखत सम्म सोही स्थानमा स्थायी बसोबास भएको हो भनी प्रमाणित भएको कागजात ।

getfiles page 001 1 scaled १३ हजार ९३ जनाको लागि ७७ जिल्लामा सरकारी जागिर खुल्यो , यसरि दिनुहोस आवेदन। getfiles page 002 1 scaled १३ हजार ९३ जनाको लागि ७७ जिल्लामा सरकारी जागिर खुल्यो , यसरि दिनुहोस आवेदन। getfiles page 003 1 scaled १३ हजार ९३ जनाको लागि ७७ जिल्लामा सरकारी जागिर खुल्यो , यसरि दिनुहोस आवेदन। getfiles page 004 1 scaled १३ हजार ९३ जनाको लागि ७७ जिल्लामा सरकारी जागिर खुल्यो , यसरि दिनुहोस आवेदन।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस