MNBBL 395.8 -0.8 MND84/85 1030 2 HRL 861 -4 NIMB 241.9 -9.1 SBLD84 1040 19.3 MFIL 768 48 KSY 9.22 -0.19 NICA 452 -13 NADEP 1030 -55 SAHAS 505 28 NIBSF2 8.9 0.08 NICBF 9.3 -0.08 PRIN 968 4 GBIME 256.1 -4.4 USHEC 523 -7 WNLB 2650 -80 DLBS 1374 30 SMPDA 910 -1 HDL 1423.1 49.1 MPFL 751 5 C30MF 9.74 0 BBC 4255 50 VLUCL 588 -1.9 CGH 909 -5 TSHL 909 -11 MLBBL 1635 15 SPDL 310 5 CIT 2195 0 RURU 740 -9.8 RADHI 397.9 7.9 SHLB 1886.9 1.9 NMBMF 695 -10 NTC 980.1 -2.4 SNMAPO 190 0 EBL 605 5 NMB 263.9 -7.1 NMB50 10.3 0.05 CLI 634 -4.9 SBCF 9 -0.2 SJCL 326 -3.7
×
अब्दुल्लाह अल्मुताईरी नेपाल फर्किए



नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरी नेपाल फर्किएका छन् ।

२८ वर्षपछि नेपाललाई साफ च्याम्पियनसिपको फाइनलमा पुर्‍याएका प्रशिक्षक अब्दुल्लाह मंगलबार अपराह्न नेपाल झरेका हुन् । साफ च्याम्पियनसिपको फाइनल पुगेपछि नेपाली टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका अब्दुल्लाह केही साताको विश्राम पछि पुनः नेपाल आएका थिए ।

एन्फाले उनलाई २०२२ सम्म नेपालमै हुनेगरि सम्झौता नवीकरण गरेको थियो । त्यसपछि पुनः गृहनगर कुवेत फर्किएका अब्दुल्लाह लामो विश्रामपछि फर्किएका हुन् ।  हाल उपत्यकामा जारी सहिद स्मारक ए डिभिजन लिगको नवौं चरणपछि राष्ट्रिय टोलीले केही मैत्रीपूर्ण खेल खेल्ने भएसँगै अब्दुल्लाह नेपाल आइपुगेका हुन् ।

उनलाई राष्ट्रिय टोलीका व्यवस्थापक मधुसूदन उपाध्याय लगायत एन्फा सदस्यले विमानस्थलमा स्वागत गरे ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस