×
जोशी हाइड्रोपावरले एकैपटक बोलायो तीन आर्थिक वर्षको साधारणसभा, यस्ता छन् एजेण्डा

जोशी हाइड्रोपावर



जोशी हाइड्रोपावरले ३ माघमा एकैदिन तीनवटा आर्थिक वर्षको वार्षिक साधारणसभा बोलाएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७५/०७६, २०७६/०७७ र २०७७/०७८ को सभा ल्याण्डमार्क हल, दरबारमार्ग काठमाडौंमा बिहान ११ः३० बजेका लागि आह्वान गरेको हो ।

सभामा तीन आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा–नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल गरी पारित गर्नेछ । सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ । आर्थिक वर्ष २०७८/०७९ को लागि लेखापरिक्षक नियुक्त गर्ने एजेन्डा पनि पेस गरिनेछ ।

कम्पनीले सभा प्रयोजनार्थ २१ पुसमा बुक क्लोज गर्ने भएको छ । पुस २० गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस