BEDC 470 0 MDB 630 -3.8 DLBS 1374 30 MCHL 488.3 -3.7 MFLD85 1050 -20 NLO 242.1 0 SRBLD83 1065 -10 SIGS3 9.45 0.09 SHLB 1886.9 1.9 USHL 783.2 -13.7 ACLBSL 1035 0 PMHPL 260 -4 NRN 905 -8 API 289.5 2.5 BNT 14350 -50 MFIL 768 48 EBLD85 1105 5 SMB 1809 4 PRSF 9.54 -0.11 IGI 600 -4 SPC 520 5 NICA 452 -13 MLBL 398 -6.9 GBLBS 738 -10 NBF3 9.04 0.17 STC 5908 9 GLBSL 1600.4 -29.6 CKHL 632 -8 USHEC 523 -7 JBBL 351 -3.1 PBD85 1079.9 19.9 DDBL 916.2 3.1 RADHI 397.9 7.9 NHDL 570 0 SFEF 9.29 0.22 CCBD88 1123.1 6.1 SHIVM 599 -8 PBD88 1102.1 2.1 SBCF 9 -0.2 BOKD86 1040 18
×
नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन



नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा आइतबार दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ ।

नेप्सेले आइतबार बुटवल पावर कम्पनीको १० प्रतिशत र समृद्धि फाइनान्सको ५० प्रतिशत सेयर मूल्य समायोजन गरेको हो ।  दुबै कम्पनीले बोनस र हकप्रद सेयरको लागि आइतबार बुक क्लोज गरेका छन् । बुटवल पावरको बोनस सेयरपछिको भाउ समायोजन भएको हो । त्यस्तै, समृद्धि फाइनान्सको हकप्रद सेयरपछिको भाउ समायोजन भएको हो ।

बुटवल पावर कम्पनीको समायोजनपछिको भाउ नेप्सेले ४३८ रुपैयाँ ७३ पैसा निर्धारण गरेको छ । यसले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्दैछ ।

समृद्धि फाइनान्सको सेयर मूल्य समायोजनपछिको भाउ नेप्सेले ३६१ रुपैयाँ ३३ पैसा निर्धारण गरेको छ । यसले दुई बराबर एक अनुपातमा २७ लाख २९ हजार ७०७ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस