×
पञ्चकन्या माईले बोलायो एकैपटक तीन वर्षको साधारणसभा



पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले २८ पुसमा साधारणसभा बोलाएको छ ।

कम्पनीले कुपण्डोल ब्याङ्क्वेट, कुपण्डोल, ललितपुरमा चौथो, पाँचौं तथा छैटाैँ वार्षिक साधारणसभा आह्वान गरेको हो । सभा बिहान ११ बजे भर्चुअलमाध्यमबाट सञ्चालन हुनेछ। सभामा सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, गत आर्थिक वर्षको आर्थिक विवरणका विषयमा छलफल गर्ने लगायतका एजेण्डा छन् ।

सभा प्रयोजनका लागि कम्पनीले २० पुसमा बुकक्लोज गर्ने भएको छ । यसर्थ, १९ पुससम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीले कम्पनीको सभामा भाग लिन सक्नेछन्।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस