×
Lagani
Lagani Shiksha gif
अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले फेरि १०० अर्ब रुपैयाँ बजारबाट तान्दै



काठमाडौँ । बैंकिङ प्रणालीमा तरलता उच्च स्तरमा पुगेपछि नेपाल राष्ट्र बैंकले पुनः १०० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत बुधबार बैंक तथा वित्तीय संस्थाबाट रकम तान्न लागेको हो।

राष्ट्र बैंकका अनुसार यसका लागि आज दिउँसो ३ बजे बोलकबोल (अक्सन) सञ्चालन हुनेछ। सहभागी बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आह्वान गरिएको कुल रकमसम्म, ५ करोड रुपैयाँले निःशेष भाग जाने गरी आवेदन दिन सक्नेछन्।

Lagani Shiksha gif
sharehubapk अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले फेरि १०० अर्ब रुपैयाँ बजारबाट तान्दै

निक्षेप संकलन ब्याजदरमा आधारित बोलकबोल प्रणालीबाट हुनेछ भने बहुब्याजदरमा समेत प्रस्ताव पेश गर्न सकिने व्यवस्था गरिएको छ। ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र उक्त बोलकबोलमा भाग लिन पाउनेछन्।

राष्ट्र बैंकले यो ९१ दिने निक्षेप संकलन उपकरणको साँवा र ब्याज आगामी असोज २८ गते भुक्तानी गरिने जनाएको छ।

पछिल्ला महिनामा कर्जा विस्तार सुस्त रहेकाले बैंकिङ प्रणालीमा नगद अधिक रहेको छ। सोही कारण बैंक तथा वित्तीय संस्थाहरू करिब ३ प्रतिशतकै हाराहारीमा ब्याजदर स्वीकार गर्दै अतिरिक्त रकम राष्ट्र बैंकमा राख्न बाध्य भइरहेका छन्। यस्तो अवस्थालाई सन्तुलनमा राख्न केन्द्रीय बैंकले नियमित रूपमा तरलता प्रशोचन (ीष्त्रगष्मष्तथ ब्दकयचउतष्यल) को नीति अवलम्बन गर्दै आएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस