×
माउन्टेन इनर्जीको साधारणसभा २५ पुसमा, यस्ता छन् प्रमुख एजेण्डा



माउन्टेन इनर्जीले २५ पुसमा साधारणसभा बोलाएको छ । सभा अम्रापाली ब्यांक्वेट काठमाडौंमा बिहान १० बजे भर्चुअल माध्यमबाट सुरू हुनेछ ।

सभा प्रयोजनार्थ कम्पनीले १२ पुसमा बुक क्लोज गर्ने भएको छ । यसअनुसार ११ पुससम्म कायम सेयरधनीले मात्र कम्पनीको सभामा सहभागिता जनाउन सक्नेछन् । सभामा आर्थिक वर्ष २०७८/०७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने, आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन र सोही अवधिसम्मको नाफा नोक्सानसम्बन्धी प्रस्तावमा छलफल हुने लगायतका एजेण्डा छन् ।

कम्पनीले २६ कात्तिकबाट ३ मंसिरसम्म १९ लाख ६८ हजार २७ कित्ता सेयर निष्कासशन गरेको थियो । यसमध्ये दुई प्रतिशत अर्थात् ३९ हजार ३६१ कित्ता कर्मचारीलाई र पाँच प्रतिशत अर्थात् ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको थियो ।

सर्वसाधारण लगानीकर्ताले बाँकी १८ लाख ३० हजार २६५ कित्ता सेयरका लागि आवेदन दिन सक्ने व्यवस्था थियो । कम्पनीले म्याग्दीको नीलगिरी खोलामा ३८ मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस