×
Lagani
Lagani Shiksha gif
सिद्धार्थ बैंकको २.७२ लाख कित्ता सेयर सर्वसाधारणका लागि खुला



काठमाडौं, १५ असार । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक समूहअन्तर्गतको २ लाख ७२ हजार ७३७ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ। बैंकले आजदेखि उक्त संस्थापक सेयर खरिदका लागि इच्छुक लगानीकर्ताबाट आवेदन आह्वान गरेको हो।

बैंकका अनुसार यसअघि विद्यमान संस्थापक सेयरधनीहरूलाई प्राथमिकता दिँदै ३५ दिने सूचना प्रकाशित गरी सेयर खरिदका लागि आह्वान गरिएको थियो। तर, तोकिएको अवधिमा पर्याप्त आवेदन नपरेपछि उक्त सेयर सर्वसाधारण लगानीकर्ताका लागि बिक्रीमा ल्याइएको हो।

Lagani Shiksha gif
sharehubapk सिद्धार्थ बैंकको २.७२ लाख कित्ता सेयर सर्वसाधारणका लागि खुला

 

सेयर खरिद गर्न इच्छुक व्यक्तिले आफूले खरिद गर्न चाहेको सेयर संख्यासहित लिखित आवेदन काठमाडौंको नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा रहेको कम्पनी सचिवको कार्यालयमा पेश गर्नुपर्नेछ।

बैंकले प्रकाशित सूचना अनुसार इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आवेदन दिइसक्नुपर्ने व्यवस्था गरेको छ।

सिद्धार्थ बैंकले संस्थापक सेयर बिक्री प्रक्रियालाई प्रचलित कानुनी तथा नियामकीय व्यवस्था अनुरूप अगाडि बढाइएको जनाएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस