काठमाडौं, १४ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको समर्थन पछि बहुमतका साथ आर्थिक विधेयक २०८३ पारित भएको छ ।
प्रतिनिधिसभाबाट बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव आजको बैठकवाट बहुमतले पारित भएको हो ।
त्यसअघि उक्त विधेयकमाथि प्राप्त संशोधनमाथि भएको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री वाग्लेले बजेट कार्यान्वयनमा सरकारले विशेष जोड दिने बताएका थिए । सरकारले लगाएको नयाँ करले न्यून आय भएका नागरिकलाई कुनै असर नपर्ने उनको दावी थियो ।
भ्याटको बहुदरका विषयमा अध्ययन गर्न उच्चस्तरीय अध्ययन समिति गठन गरिने प्रतिबद्दता जनाएका अर्थमन्त्री वाग्लेले बजेट खर्च मुलुक कै आन्तरिक स्रोतबाट व्यवस्थापन गरिने पनि जनाएका छन ।
आर्थिक विधेयक माथि आएका केही संशोधन फिर्ता भएका छन् भने अन्य संशोधन प्रस्ताव अस्वीकृत भएको छ । त्यस्तै केही संशोधन प्रस्तावलाई स्वीकार गरिएको छ ।
















