×
आज बिहान भूकम्पको धक्का महसुस , केन्द्रले भन्यो २०७२ कै पराकम्प हो



लमजुङमा भूकम्पको धक्का महसुस भएको छ ।

सोमबार बिहान ४ बजेर ३६ मिनेट जाँदा लमजुङको मर्स्याङदी गाउँपालिका ६ बाहुनडाँडा आसपास केन्द्रविन्दु भएर ३ दशमलव ६ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार उक्त पराकम्प १२ वैशाख २०७२ कै हो । भूकम्प जाँदा सदरमुकाम बेसीसहरसहित जिल्लाको मर्स्याङदी गाउँपालिका हिमाली जिल्ला मनाङ आसपासका जिल्लामा धक्का महसुस भएको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस