×
Lagani
Lagani Shiksha gif
लगानीकर्तालाई ठुलो राहत : शेयर विक्रिमा लाग्ने पुँजीगत लाभकर अन्तिम हुने।



चालु आर्थिक वर्ष २०८३/०८४ को बजेट मार्फत अर्थमन्त्री स्वर्णिम वाग्लेले धितोपत्र बजारमा लगानी गर्नेहरुका लागि एक महत्वपूर्ण घोषणा गरेका छन्।

अब उप्रान्त सूचीकृत कम्पनीहरुको धितोपत्र बिक्रीबाट हुने पुँजीगत लाभमा लाग्ने कर ‘अन्तिम’ मानिने भएको छ। यो निर्णयले लगानीकर्ताहरुको लामो समयदेखिको मागलाई सम्बोधन गरेको छ र यसले बजारमा थप स्थायित्व ल्याउने अपेक्षा गरिएको छ।

Lagani Shiksha gif

यसअघि पुँजीगत लाभकरको दरमा अनिश्चितता रहँदै आएको थियो, जसले लगानीकर्ताहरुलाई यसको प्रभावबारे चिन्तामा पार्दथ्यो। अर्थमन्त्रीको यो घोषणाले अब पुँजीगत लाभमा लाग्ने करको दर निश्चित हुनेछ, जसले लगानीकर्ताहरुलाई स्पष्टता प्रदान गर्नेछ र उनीहरुलाई थप आत्मविश्वासका साथ लगानी गर्न प्रोत्साहित गर्नेछ। यो कदमले धितोपत्र बजारको विकास र विस्तारमा सकारात्मक भूमिका खेल्ने सम्भावना छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस