×
Lagani
Lagani Shiksha gif
आयकरको सीमामा महत्त्वपूर्ण वृद्धि: १० लाखसम्मको आयमा अब न्यूनतम कर



व्यक्तिगत आयकरको न्यूनतम कर सीमामा सरकारले उल्लेखनीय वृद्धि गरेको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यो घोषणासँगै अब १० लाख रुपैयाँसम्मको आयमा केवल १ प्रतिशत मात्र आयकर लाग्नेछ। यसअघि यो सीमा ५ लाख रुपैयाँ थियो।

सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत बजेट वक्तव्यले मध्यमवर्गीय नागरिकलाई लक्षित गरी यो महत्त्वपूर्ण कर सुधारको प्रस्ताव गरेको हो। यस परिवर्तनले आम नागरिकको वित्तीय भार कम हुनुका साथै खर्चयोग्य आयमा वृद्धि हुने अपेक्षा गरिएको छ। नयाँ व्यवस्थाले विशेषगरी साना तथा मझौला आय भएका व्यक्तिहरूलाई राहत पुग्नेछ।

Lagani Shiksha gif
sharehubapk आयकरको सीमामा महत्त्वपूर्ण वृद्धि: १० लाखसम्मको आयमा अब न्यूनतम कर
प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस