×
Lagani
Lagani Shiksha gif
राष्ट्रियसभा अध्यक्षले टर्किस सभामुखसँग भने, ‘टर्किस दुतावास नेपालमा खोलियोस्



इस्तानबुल (टर्की) ६ वैशाख । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल र टर्कीको संसद ग्रान्ड नेशनल एसेम्बलीका सभामुख नुमान कुर्तुल्मुस बीच शिष्टाचार भेटवार्ता भएको छ।

अन्तर व्यवस्थापिका सङ्घ (आइपियू) को १५२ औँ महासभामा सहभागी हुन इस्तानबुलमा रहेका अध्यक्ष दाहालले टर्कीको संसदका सभामुख नुमान कुर्तुल्मुस सँग शिष्टाचार भेट गरेका हुन ।

Lagani Shiksha gif

भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित र संसदीय सहकार्यका विषयमा छलफल भएको थियो।

द्विपक्षीय भेटमा अध्यक्ष दाहालले संसदीय सहकार्यमार्फत् दुई देश बीचको सम्बन्ध अझ बलियो र प्रगाढ बनाउनु पर्ने उल्लेख गर्दै संसदीय अनुभव आदानप्रदान, भ्रमण र संसदीय मैत्री समूह गठनका लागि आफूहरु आतुर रहेको बताएका छन ।

दुई देशबीचको कूटनीतिक सम्बन्ध ६ दशकदेखि नै सौहार्द र आपसी सम्मानमा आधारित रहेको चर्चा गर्दै अध्यक्ष दाहालले आगामी दिनमा द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन नेपालमै टर्कीको दूतावास स्थापना गर्न आग्रह गरे।

अहिले टर्कीसँग जोडिएका सबै काम गर्न नेपालीहरु दिल्ली धाउनु पर्ने स्थिति रहेको भन्दै अध्यक्ष दाहालले नेपाल र टर्कीबीच श्रम सम्झौता गर्नुका साथै नेपालमै टर्किस दूताबास स्थापना भए दुई देशबीचको सहकार्यमा थप सहज हुने विश्वास व्यक्त गरेका छन ।

आइपियूको महासभामा टर्की सरकार र संसदले गरेको स्वागत र हार्दिकताका लागि अध्यक्ष दाहालले धन्यवाद व्यक्त गरे ।

सो क्रममा टर्कीको संसद ग्रान्ड नेशनल एसेम्बलीका सभामुख नुमान कुर्तुल्मुसले राष्ट्रिय सभा अध्यक्षसहित नेपाली संसदीय प्रतिनिधि मण्डललाई इस्तानबुलमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए।

टर्की र नेपालबीच द्विपक्षीय सम्बन्ध अझ बलियो बनाउन आफूहरु सदैव तत्पर रहेको उल्लेख गर्दै सभामुख नुमानले नेपालमा टर्किस दूताबास खोल्न सकारात्मक रहेको बताए ।

टर्किस सरकारले नेपालका लागि सीमित कोटाको शैक्षिक छात्रवृत्तिको व्यवस्था गरेको उल्लेख गर्दै उहाँले छात्रवृत्तिको कोटा वृद्धि गर्ने र दुई देशबीचको व्यापार पनि बढाउने प्रतिबद्धता व्यक्त गरे।

आगामी नोभेम्बरमा कोप ३१ टर्कीमा हुन लागेको उल्लेख गर्दै सभामुख नुमानले त्यसको नेतृत्वका लागि टर्कीलाई आवश्यक सहयोग गर्न अनुरोध पनि गरेका थिए । 

जवाफमा अध्यक्ष दाहालले कोप ३१ को नेतृत्वका लागि शुभकामना दिदै नेपाल त्यसका लागि सकारात्मक रहेको उल्लेख गरे ।

भेटमा आइपियूमा सहभागी नेपाली संसदीय प्रतिनिधि मण्डलका सदस्यहरु पनि उपस्थित रहेको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस