साँच्चिकै अहिले रगतको चरम अभाव रहेको छ यसको एक मात्र कारण चिसो मौसम र जाडोको कारणले र रक्तदान गरेको तीन महिना समय नपुगेका रक्तदाताहरु एक कारण हो ।
धेरै जसो शल्यक्रिया तथा बिरामीहरूलाई नियमित रगत ब्यवस्थापन गर्न हम्मेहम्मे भएको छ । स्वयंसेवकहरु दैनिक जसो रगत ब्यवस्थापनमा ब्यस्त छन् । तर अहिले रगतको ब्यवस्थापन सजिलो छैन । समाजसेवी तथा स्वयंसेवक राजिब श्रेष्ठका अनुसार ठूला अस्पतालमा चिसोको समयमा ठूला शल्यक्रिया नभए पनि रक्त क्यान्सरका बिरामी, दुर्घटनाका बिरामी र अरु रोगका बिरामीका लागि रगतको माग बढेको छ।
दैनिक जसो रगतको लागि फोन कल बज्ने गर्दछ र सोहि फोन कललाई अस्पतालको माग पत्र (कागजलाई)viber वा what’s app मा मागपत्र पठाउन अनुरोध गरिन्छ। कारण त्यो अस्पतालको रगत माग कागजले के-कति कुनकुन रगत चाहिन्छ हो प्रस्ट हुन्छ र रक्तसंचार वा रक्तदाता खोज्न मदत मिल्छ। सोही कागज रक्तसंचारमा सम्बन्धित कर्मचारीकोमा पुग्दछ र उपल्ब्ध छ कि छैन -जवाफ तुरुन्तै आउने गर्छ। उनका अनुसार दैनिक रगतका लागि धेरै कल, फोन आउँछन्। राजिब जस्ता स्वयंसेवकहरू रगत ब्यवस्थापन क्षेत्रमा धेरै छन् र सबैले रगत संकलन तथा ब्यवस्थापन दैनिक जसो आफ्नो श्रोत र साधन प्रयोग गरेर गरेका छन्। दैनिकीको बिहानी पनि यस्तै यस्तै फोन कलबाट रगत ब्यवस्थापन तथा रगत मागबाट सुरु हुने गर्छ ।
।”हुन त स्वंमसेवकहरुले आफुले सक्दो सेवा दिने गर्छ तर कहिले काहिं चाहेंर वा गर्न खोज्दा खोज्दै पनि रगत ब्यवस्थापन नहुन्दा दुख लाग्छ” – श्रेष्ठले मिडियालाई भन्छन्। पेसाले बैंकर भए पनि श्रेष्ठ आफ्नो दिनको केहि समय ब्यवस्थापन गरि समयमा रगत ब्यवस्थापन गर्न तिर लाग्छन् र बिभिन्न सामाजिक संजाल र मेसेन्जर ग्रुपमा भेटिएका र viber र बिभिन्न माध्यमबाट प्राप्त रगत को मागहरु आफुले सक्दो श्रोत र साधन प्रयोग गरेर पुरा गर्न प्रयास गर्छन्। शनिबारको दिन रक्तदान कार्यक्रम आयोजना गर्नेमा ब्यस्त हुन्छन् भने अरु दिन रगत ब्यवस्थापनमा।
अहिले बिभिन्न मेसेन्जर समुहहरु मार्फत रगत ब्यवस्थापन हुन्दा पनि कहिले काहिं रक्तदाताको अभावले नै रगत उपलब्ध गर्न कठिनाई हुने कुरा बताउन्छन्। ब्लड डोर्नस सोसाइटी नेपालका केन्द्रिय सल्लाहकार साथै लायन्स क्लब अफ काठमाडौं ब्लड हुडका संस्थापक अध्यक्ष रहेका श्रेष्ठ रगत ब्यवस्थापा सक्रिय छन्। बिभिन्न संस्थाको रक्तदान कार्यक्रमको कार्यक्रम संयोजक आफै भई सो कार्यक्रमको ब्यवस्थापन तथा युवाहरुलाई रक्तदान गर्न प्रोत्साहन गर्ने युवा श्रेष्ठको संयोजत्वमा १०० भन्दा धेरै रक्तदान कार्यक्रम तथा अरु कार्यक्रमहरु समन्वय गरेका छन्। मुगुको रारा तालमा पनि २०२१ सालमा रक्तदान कार्यक्रमको आयोजना गरि ६ जनाले रक्तदान गरेका थिए भने सो रगत नेपालगन्ज रक्तसंचारलाई उपलब्ध गराएका थिए। राजिबका अनुसार रगत आवश्यक पर्दा निम्न कुरामा ध्यान दिनु पर्छ।
- रक्तसन्चारमा एक चोटि सोधौं , टेलिफोन मार्फत
- छैन भनियो भने एक पटक,कहाँ प्रयास गरौं ? भनि फेरि सोध्नु
- त्यहाँ बाट केहि सल्लाह सुझाव आउन्छ। ताकि रगत ब्यवस्थापनमा सहजिकरण होस्।
- फेरि रगत ब्यवस्थापन भएन भने सम्बन्धित डाक्टर वा नर्सलाई रगत मिलाउन सकीएन केहि उपाय गर्न सकिन्छ भनि सोध्नुस्।
- अस्पतालले नजिकको रक्त संचार वा रक्तदाताहरु सँग सहयोगको लागि अपील गर्न सकिन्छ।
- यदि यसबाट पनि उपाय लागेन भने आफ्नो कार्यरत संस्थाको मानब संसोधन बिभागमा मिल्ने रगतको कर्मचारीको सम्पर्क नं मागि सम्पर्क गर्ने।
- त्यसैले रक्त संचारमा रहेको नेगेटिव ग्रुपको डाटाबेस मार्फत सम्पर्क नं मा सम्पर्क गर्ने ।
त्यो पनि धेरैले सम्पर्क गर्ने हुनाले रक्तदाता तयार नहुन सक्छ । तसर्थ पुर्व तयारी वा बिभिन्न सामाजिक संस्थाका स्वयंसेवकहरू सँग सम्पर्क गर्ने । रगत अवश्य ब्यवस्थापन हुनेछ। ढिलो चाडो अवश्य हुन्छ।






