×
Lagani
Lagani Shiksha gif
यी हुन् रास्वपाका ११० उम्मेदवार: यस्तो छ चर्चित अनुहारसहितको बन्द सूची



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा ११० जना समानुपातिक उम्मेदवारको बन्द सूची बुझाएको छ।

सोमबार दिनभरि कुलमान घिसिङलाई समेत समावेश गर्ने प्रयास स्वरूप भएको लामो छलफलपछि राति मात्र रास्वपाले आफ्नो नामावली दर्ता गराएको हो। रास्वपाको यस सूचीमा कला, खेलकुद, व्यवसाय र अधिकारका क्षेत्रमा स्थापित थुप्रै चर्चित अनुहारहरू समेटिएका छन्।

Lagani Shiksha gif
sharehubapk यी हुन् रास्वपाका ११० उम्मेदवार: यस्तो छ चर्चित अनुहारसहितको बन्द सूची

सूचीमा सन् २०१९ की मिस नेपाल अनुष्का श्रेष्ठ आदिवासी महिला क्लस्टरको चौथो नम्बरमा परेकी छिन् भने चर्चित लोक दोहोरी गायक प्रकाश सपुत दलित क्लस्टरको दोस्रो नम्बरमा रहेका छन्। गायक सपुत समग्र सूचीको ७४ औँ स्थानमा छन् भने उनीभन्दा अगाडि रूपक विश्वकर्मा घिमिरे रहेका छन्। त्यस्तै अभिनेत्री तथा प्रस्तोता रीमा विश्वकर्मा दलित महिला क्लस्टरको पहिलो नम्बरमा परेकी छिन् भने फिल्म निर्माता तथा सञ्चारकर्मी आसिफ शाह मुस्लिम क्लस्टरको पहिलो नम्बरमा अटाएका छन्।

खेलकुद क्षेत्रबाट पूर्व क्रिकेटर ज्ञानेन्द्र मल्ल आदिवासी जनजाति क्लस्टरको पाँचौँ स्थानमा छन्। उनीभन्दा अगाडि डा. राम लामा, खुश्वु सरकार श्रेष्ठ, मिङ्मा ग्याबु शेर्पा र डा. मनोहर प्रधान रहेका छन्। साङ्गीतिक क्षेत्रबाट गायिका सत्यकला राई र त्रिसाला गुरुङ पनि सूचीमा समावेश छन्। उद्यमी क्षेत्रबाट गोल्डस्टार जुत्ताकी विदुषी राणा खस आर्य महिलाको दोस्रो नम्बरमा छिन्, जहाँ पहिलो नम्बरमा प्रतिभा रावल रहेकी छिन्। यसका साथै मानवअधिकारवादी मोहना अन्सारी, अधिकारकर्मी उर्मिला चौधरी, डा. रामजी राम र युवा अभियानी पुरुषोत्तम यादवलाई पनि रास्वपाले आफ्नो समानुपातिक सूचीमा समेटेको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस