×
Lagani
Lagani Shiksha gif
सानिमा इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडाैं, ७ चैत । सानिमा जीआइसी इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । 

 

Lagani Shiksha gif

कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३९४७ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।

 

उक्त प्रस्ताव पारित गर्न चैत २१ गते वार्षिक साधारण सभा बोलाएको छ । यस कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनको लागि चैत ८ गते बुक क्लोज गर्दैछ । तसर्थ, आजसम्म कायम सेयरधनीले कम्पनीले प्रस्ताव गरेको लाभांश र साधारण सभामा सहभागि हुन पाउने छन् । 

सभा अमृतभोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

 

साथै, सभाले छैटौं वार्षिक साधारण सभाबाट पारित २५ प्रतिशत हकप्रद सेयर संशोधन गरी अब १७ प्रतिशतमात्र हकप्रद जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । 

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस