×
आजपनि न्यादी हाइड्रोपावरको शेयर कारोबार नहुने , यस्तो छ कारण



न्यादी हाइड्रोपावरको आज स्पेशनल प्रि ओपन सेसनमा कारोबार नभएपछि कम्पनीको शेयर कारोबार नहुने भएको छ  ।

कम्पनीको आगामी स्पेशल प्रि ओपन सेसनमा कारोबार भएमा मात्रै नियमित समयमा कम्पनीको शेयर कारोबार खुल्ने छ। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि रू. ९४ दशमलव १३ देखि २८२ दशमलव ३९ ओपनिङ्ग रेञ्ज तोकेको थियो  ।

Screenshot 2021 11 28 114901 आजपनि न्यादी हाइड्रोपावरको शेयर कारोबार नहुने , यस्तो छ कारण

कम्पनीको १ करोड ५० लाख कित्ता आईपीओ आज नेप्सेमा सूचीकृत भएलगतै  कम्पनीको शेयर बिहीवारदेखि दोस्रो बजारमा कारोबारमा आउने भएको थियो । कम्पनीको सिम्बोल एनवाइएडीआई रहेको छ ।

कम्पनीले निष्कासन गरेको उक्त आईपीओमा दुई लाख नाै हजार २५० जनाले कम्पनीको सेयर प्राप्त गरेको क्यापिटलले जनाएको छ । सो सेयरमा कुल २२ लाख ५५ हजार ८४ जनाले दुई अर्ब ७० करोड ८९ लाख १५ हजार रूपैयाँ बराबरको सेयर खरिदका लागि आवेदन दिएका थिए । जसमध्ये १० हजार ४४२ जनाको आवेदन रद्द भएको छ भने तीन हजार ५०४ जनाको सेयर सि-आस्वाले अस्वीकृत गरेको छ। स्वीकृत भएका २२ लाख ४१ हजार १३८ जनामा सो सेयर बाँडफाँट गरिएको हो ।

कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन खुला गरेको थियो । कम्पनीले २२ लाख ५० हजार कित्ता कुल निष्कासनमध्ये दुई प्रतिशत अर्थात ४५ हजार कित्ता सेयर कर्मचारीहरूका लागि र पाँच प्रतिशत अर्थात एक लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको थियो । बाँकी २० लाख ९२ हजार ५०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने बनाइएको थियो ।

उक्त कम्पनीको आईपीओमा १९ असोजसम्म आवेदन दिन सकिने व्यवस्था थियो । उक्त आईपीओमा न्यूनतम १० कित्ता तथा अधिकतम ५० हजार कित्ता सेयरका लागि आवेदन दिन पाइने व्यवस्था थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस