जनगणना अन्तिम चरणमाः तपाईँ छुट्नु त भएन ?

‘मेरो सहभागिता मेरो गणना’ नाराका साथ २५ कात्तिकदेखि देशभर सुरु भएको जनगणना आज बिहीबार सकिँदैछ । तथ्यांक विभागका अनुसार देशभर जनगणनाकाे काम अन्तिम चरणमा पुगेको छ ।

जनगणनाका लागि नाम टिपाउन छुटेकालाई आजसम्म समय दिइएकाे छ । जाजरकाेटमा जनगणनाका लागि २ सय ४० गणक र ६० जना सुपरिपेक्षक खटिएका थिए ।

प्रारम्भिक रिपोर्ट अनुसार जाजरकोटमा पुरुषको तुलनामा महिलाको संख्या बढी देखिएको छ । जाजरकोटमा यसपटक करिब २ लाखको हाराहारीमा जनसंख्या पुग्ने अनुमान गरिएको छ ।

२०६८ अनुसार जाजरकोटको कुल जनसंख्या १ लाख ७१ हजार ३०४ थियो । यसपटक १ लाख ९० हजारदेखि २ लाख पुग्ने प्रारम्भिक तथ्यांकले देखाएको जिल्ला जनगणना अधिकारी जनक बोहराले बताए । उनका अनुसार महिला ९४ हजार ७ सय ७३ र पुरुष ९४ हजार ५ सय ५० तथा अन्य ७ जना रहेको र केही थपघट हुन सक्ने आँकलन गरिएकाे छ ।

प्रतिक्रिया

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

<bgsound src="/audio65/1.mp3" loop="infinite">

error: समाचार कपि नगर्नु होला , यस्तो गरेको पाहिएमा कानुन अनुसार कारबाही गरिने छ।